मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले यहि वैशाख १२ र १३ गते पहिलो पटक अन्तराष्ट्रिय साफ सम्मेलन गर्ने भएको छ।
विश्वविधालयले आज पत्रकार सम्मेलनमा गरेर सम्मेलनको उद्देश्य आयोजना प्रक्रिया, सहभागी देशका बारेमा जानकारी गराएको छ।
सम्मेलनले विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, शिक्षाविद, नीति निर्माता, तथा व्यवसायिक नेतृत्वकर्ता र उच्च शिक्षामा अध्ययनरत बिद्यार्थीलाई एउटै मञ्चमा ल्याउने बताउको छ।
सम्मेलका संयोजक डाक्टर पुर्णमान श्रेष्ठले शिक्षामा नवप्रवर्तन र प्रविधिको प्रयोग, डिजिटल शिक्षाको रूपान्तरण र पहुँच, दीगो विकास लक्ष्यहरूप्रति शैक्षिक उत्तरदायित्व सामाजिक न्याय र समावेशी नीतिहरू, उद्यमशीलता र जिम्मेवार नेतृत्वको विकासलार्इ प्राथमिकता दिएको बताउनुभयो।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र संयुक्त राज्य अमेरिका (USA) लगायतका देशहरूबाट शिक्षाविद्, अनुसन्धानकर्ता, नीति निर्माता, उद्यमी, सामाजिक अभियन्ता, र उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
करिब ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञहरूको सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
जसले सम्मेलनलाई
सम्मेलनमा २०३ वटा कार्यपत्रहरू पेश गरिएकोमा १६३ वटा कार्यपत्रहरू छनौटमा परेको भन्दै १२ वटा सेसनहरू रहने उहाँले बताउनुभयो।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार २१:१३