६८ औं राष्ट्रिय सहकारी दिवस आज सुर्खेत सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ।मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ वीरेन्द्रनगरको मंगलगडि चोकबाट शुरु भएको र्याली बजार परिक्रम गरेर जिल्ला समुन्वय समितिको हलमा विषेश कार्यक्रमको आयोजना गरिएको हो।र्यालिमा सहभागि जिल्लाभरका सहकारी संस्थाका सदस्यहरूले ब्यानर, पम्पेट र बाजागाजा सहित सचेतना जगाउने कार्यक्रमको आयोजना गरेका हुन।
कार्यक्रममा सहभागिहरू सहकारीले ऋण दिने र व्याज असुल्ने मात्रै नभई किसानसँग जोडिनु पर्ने बताएका छन। उनीहरुले सहकारीले किसानका कृषि उपजको बजारीकरण गरेर अर्थतन्त्र बलियो बनाउन सहयोग गर्नुपर्ने बताएका छन। सहभागिहरूले देशको अर्थतन्त्रको तिन खम्बे निति अन्र्तगत सहकारी पनि एक भएकोले सहकारी कमजोर भई ढल्न पुगेमा देशको अर्थतन्त्र समेत ढल्ने बताएका छन।
सहकारी अभियानताहरूले किसानका कृषि उपजलाई बजारसम्म पु-याउने माध्यम सहकारीले गरिदिनुपर्ने भन्दै सरकारले पनि साथ दिनुपर्नेमा जोड दिएका छन। उनीहरूले अहिले विभिन्न बाहनामा सहकारीहरूलाइ कमजोर बनाउने तत्वहरू सक्रिय रहेको भन्दै सबै सचेत हुनुपर्ने बताउका छन। सहकारीबाट ऋण लिने तर तिर्ने समयमा ऋण मिनाहाको नाममा उल्टै सहकारीहरूको बदनाम गराउने काम भएकाले सरकारले त्यसतर्फ पनि ध्यानदिन सुझाँव दिएका छन।
कार्यक्रमलाइ सम्बोधनगर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद शाहले सहकारी नाफामुखी मात्रै नभई सेवामुखी पनि हुनुपर्ने बताउनुभयो। उहाँले देशको ठुलो जनसङख्या सहकारीकर्मी भएकोले उनीहरुको आर्थिक विकास र समृद्धि हासिल गराउन सहकारीले विभिन्न कर्जा उपलब्ध गराउनु पर्ने बताउनुभयो।
यस्तै मुख्यमन्त्री यामलाल कँडेलले सहकारीलाई संविधानको भावन र मर्म नबिग्रिने गरी प्रदेश सरकारले त्यस्तै प्रकारको निती नियम बनाइने बताउनुभयो। उहाँले कर्णालीमा बन्ने सहकारी क्षेत्रका ऐन नियमहरू सहकारी मैत्री कुनै बनेका कानुनले सहकरी क्षेत्रमा असर गरेको भए त्यसलाइ संशोधन समेत गरिने उल्लेख गर्नभयो। उहाँले सहकारीले आथिृक विकास र समृद्धिमा सहयोग गरी आर्थिक असमानताको अन्त्य गरी समाजमा स्वतन्त्र र समृद्धि बनाउने उल्लेख गर्नुभयो।
मुख्यमन्त्री कँडेलले सहकारीहरू ब्याज लिने र दिने मात्रै नभएर उत्पादमुखि सहकारी बनाउन पर्नेमा जोडदिनुभयो। कार्यक्रममा नेपाल बहुउदेश्यीय केन्द्रिय सहकारी संघका चन्द्रप्रसाद थानी, राष्ट्रिय सहकारी महासंघका सञ्चालन हरिहरनाथ याेगि, नेप्सकाेण सञ्चालक वीरबहादुर रावत, राष्ट्रिय सहकारी बैंकंका सञ्चालक कालिबहादुर महतारा, सहकारी भुमिव्यवस्था तथा सहकारी रजिस्ट्रार कार्यालयकन रजिस्ट्रार खुमप्रसाद सुबेदी,पुर्वराष्ट्रिय सहकारी महासंघका सञ्चालक पदम दाहल, बचत तथा ऋण सहकारी संघका सञ्चाल भक्तीप्रसाद सापकोट,कृषि सहकारी संघका अध्यक्ष शंकर अधिकारी,जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष अमृत विसी लगायतको सहभागिता रहेको थियो।
दिवसको अवसरमा जिल्ला सहकारी संघले फलफूल वितरण,रक्तदान लगायतका कार्यक्रम गरेको जिल्ला सहकारी संघका व्यवस्थापक ढाकाराम न्यौपानेले जानकारी दिनुभयो। जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाश तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव प्रेम विसीले सञ्चालन गर्नुभएको हो।



प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार १८:०१