कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म नौ सय क्षयरोगका बिरामीहरु फेला परेका छन।
आर्थिक वर्ष २०८१÷०८२ को फागुन सम्म कर्णालीमा ८९९ जना क्षयरोगका नयाँ विरामी फेला परेका हुन।
विश्व क्षयरोग दिवसको अवसर पारेर स्वास्थ्य सेवा निर्देशनालयले सार्वजनिक गरेको विबरण अनुसार चालु आर्थिक वर्षमा ८९९ जना नयाँ क्षयरोगका बिरामीहरु फेला परेको जनाइएको छ। यस्तै फागुनसम्म सुर्खेतमा ३१२ जना नयाँ पत्ता लागेका छन भने सुर्खेतपछि सल्यानमा १६७ जना, रुकुम पश्चिम १०५ जना क्षयरोगका बिरामी पत्ता लागेको जानकारी निर्देशनालयका क्षयकुष्ठ फोकलपर्सन केसीले दिनुभयो।
दैलेखमा ८७ जना, जाजरकोटमा ७० जना, कालीकोटमा ५२ जना, जुम्लामा ४३ जना, डोल्पामा २३ जना, मुगुमा २१ जना र सबैभन्दा कम हुम्लामा १९ जना फेला परेको निर्देशनालयका क्षयकुष्ठ फोकलपर्सन पदम केसीले बताउनुभयो।
उहाँले अझैपनि क्षयरोगीहरु उपचार बाहिर रहनु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभय ।
यसैविच विश्व क्षयरोग दिवसको अवसर पारेर गरिएको प्रभातफेरपछि कोणसभामा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उपचार बाहिर रहेका क्षयरोगका विरामीलाई उपचारमा ल्याइ सन् २०५० भित्र नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानलाई सघाउन आग्रह गर्नुभयो।
उहाँले बस्ती बस्तीमा क्षयरोगका बिरामीहरु रहेकोले खोजी कार्यलाई पनि तीब्रता दिन सुझाव दिनुभयो।
स्वास्थ्य सेवा निर्देशक डा. रबिन खड्काले प्रदेशमा क्षयरोगका विरामीहरुलाई उपचारमा ल्याउने काम भइरहेको जानकारी दिनुभयो।
प्रभातफेरिमा क्षयरोगको औषधि निःशुल्क उपलव्ध भएको, क्षयरोग उपचारपछि निका हुने जस्ता नारा लगाइएको थियो।
प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार १६:११