कर्णालीमा रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन।उनीहरूले बढी उत्पादनको लोभमा बढ्दै गएको रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने भन्दै जैविक विषादीतर्फ उन्मुख हुनुपर्नेमा पनि जोड दिएका छन।
भारत लगाएत बाहिरबाट आउने तरकारी तथा फलफूल भन्दा स्थानिय स्तर मै उत्पादित वस्तुमा बढि विसादी पार्इने गरेको जनाइएको छ।
कर्णाली प्रदेशको जुम्ला र सुर्खेतमै रसायनिक विषादी प्रयोग भएको पार्इएको सरकारी भनार्इ छ।स्थानियस्तरमा उत्पादित कृषिजन्य वस्तुको परिक्षणमा समेत सरोकारवाला निकायले पश्न उठाएका छन।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतले आयोजना गरेको विषादी मुक्त सप्ताह समापन कार्यक्रममा उनीहरुले बुलबुले कृषि बजारमा रहेको प्रगोशालामा परिक्षण हुन अगाडी नै विक्रीवितरण हुने गरेको बताएका छन।
कार्यक्रममा कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने र त्यसका लागि सबै पक्षहरू सचेत हुनुपर्ने जनाइएको छ।
सरोकारवाले गार्इवस्तु पालन नगर्ने व्यक्ती किसान हुन नसक्ने भन्दै सरकारले अनुदान टाठा बाठा व्यक्तीहरुले पाउने बताएका छन।
यस्तै रासायनिक विषादी न्युनिकरणको चार बुँदे प्रतिबद्धतापत्र जारीगर्दै विभिन्न क्षेत्रका सरोकारवाहरूले प्रतिबद्धता जनाएका छन।
उनीहरुले कर्णाली प्रदेश सरकारको प्राङ्गारिक कृषिको आधार तयार गर्दै रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्ने नीतिगत निर्णयमा सबैजना एक्यबद्धता जनाएका छन।
यस्तै विषादी औषधी होइन, विष हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने प्राङ्गारिक तथा जैविक विषादीको प्रयोगलाई वढावा दिने,जैविक विषादी प्रयोग तथा प्रवर्द्धनमा जनचेतना अभियान संचालनमा जनाइएको छ।
यस्तै कृषि क्षेत्रमा रोग, किरा तथा झारपात व्यवस्थापनको लागि प्राङ्गारिक तथा जैविक विषादीको प्रयोग तथा प्रवर्द्धनको लागि सरकारी तथा गैर सरकारी निकायहरुबाट वार्षिक कार्यक्रमहरु समावेश गरिने जनाएको छ।
कार्यक्रममा कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद शाहले रासयनिक मलको विकल्प सोच्नुपर्ने बताउनुभयो।उहाँले बढी कृषि उत्पादन गर्ने लोभमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको पाइएको भन्दै यसलार्इ सबै मिलेर रोक्नुपर्ने उल्लेख गर्नुभयो। बार्इट
किसानलाई रासायनिक विषादीको सट्टा जैविक विषादीमा सहयोग गर्नुपर्नेमा उहाँले जोडदिनुभयो।मन्त्री शाहले कर्णाली प्रदेशमा भित्रिने तरकारीको विषादी परीक्षणका लागि सुर्खेतको बबई र सल्यानको कपुरकोट नाकामा विषादी परीक्षण प्रयोगशालालाई छिट्टै सञ्चालनमा ल्याइने। बार्इट
यस्तै मन्त्रालयका सचिव सचिव परशुराम रावतले रोग किरालार्इ नियन्त्रण गर्ने विषादी नै अहिले चुनौतपका रूपमा रहेको उल्लेख गर्नुभयो।
उहाँले कर्णालीमा माटो अस्वस्थ रहेको देखिएको हुँदा प्रत्येक बालीपछि माटो परीक्षण पनि गर्नुपर्नेमा जोडदिनुभयो।
यस्तै कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय उपाध्यक्ष नारायण कोर्इरालाले अहिले रासायनिक विषादीका कारणले क्यानसर लगाएतका रोगहरू लाग्ने गरेको बताउनुभयो। उहाँले विषादी प्रयोगले उपभोक्ता भन्दा स्वयम किसानहरूलार्इ बढि समस्या गराएको भन्दै यसलार्इ रोक्नुपर्नेमा जोडदिनुभयो।
यस्तै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ललितजंग शाहिले विषादीको प्रयोग कै कारण मुटु, मिर्गौलाका बिरामी बढ्दै गएको समेत बताउनुभयो ।
उहाँले मुटु र मिर्गौला क्यान्सरसंगै बाझोपनका बिरामीहरू बढिरहेका भन्दै यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग र त्यसबाट उत्पादन भएको खाद्य वस्तु नै भएको उल्लेख गर्नुभयो।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले सप्ताहव्यापी रूपमा गरिएका क्रियाकलापहरूको बारेमा जानकारी गराउनुभयो।
उहाँले रासायनिक विषादीको प्रयोग नगर्न उहाँले किसानलाई सुझावदिदै विषादीलाई न्यूनीकरणका लागि विभिन्न विकल्प खोजिएको बताउनुभयो। कार्यक्रममा सुर्खेतमा रहेका अगुवा किसान,विभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: ८ चैत्र २०८१, शनिबार १८:१५