उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनचाहना अनुसार संविधान संशोधन गर्नका कांग्रेस र एमाले एकै ठाउँमा आएको बताएका बताउनु भएको छ।
आज नेपाल प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सिंहले यस्तो बताउनु भएको हो।
उहाँले स्थायी सरकार निर्माण र दिगो विकासका लागि पनि अहिलेको गठबन्धन बनेको उल्लेख गर्नुभयो।
सेवा प्रवाहमा देखिएको असहजतालाई सहज बनाउन अध्यादेश ल्याइएको दाबी गर्दै सिंहले केही दिनभित्रै अध्यादेश पारित हुने बताउनुभयो।
यस्तै नेपाली कांग्रेसका नेता समेत रहनु भएका उपप्रधानमन्त्री सिंहले १५ औं महाधिवेशन फेरि सभापतिको उम्मेदवार हुने संकेत गर्नुभएको छ।
सिंहले संसदीय दलको नेता, प्रधानमन्त्री र सभापति बाहेकका पदमा पुगिसकेको सुनाउँदै सभापति पदमा पुग्ने इच्छा व्यक्त गर्नुभयो।
शहरी विकासमन्त्री समेत रहेका सिंहले विरासत र तल्लो तहको राजनीति गरेको बल आफूसँग रहेको दाबी गरे ।
‘लिगेसी, लिगेसी, लिगेसी भन्नुहुन्छ नि । लिगेसी पनि छ । मेरो लिगेसी मात्रै होइन । विद्यार्थी जीवनकालदेखि नै जिल्लाको नेतृत्व सम्हाल्दै, जेलनेल सबै भोगेर विभिन्न पदमा अनुभव पनि बटुलिसकेको छु,’ सिंहले भने, ‘संसदीय दलको उपनेता भइसकेको मान्छे हुँ म । संसदीय दलको नेता बन्न बाँकी छ । कांग्रेसको इतिहासमा निर्वाचित पहिलो महामन्त्री म हुँ ।’
प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार १७:१४