नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतलेको २१ औ वार्षिकोत्सव बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न गरेको छ।कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलको प्रमुख आथित्य मा भयको कार्यक्रममा कर्णाली प्रदेशमा दुरसञ्चार क्षेत्रको हालको अवस्था, चुनौति तथा योजनाहरुको प्रस्तुती निर्देशनालय का प्राबिधिक प्रमुख डा मधुसुधन दाहालले गर्नू भयको हो।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले दुरसंचार कार्यालय सुर्खेत बाट FTTH Internet सेवाको मर्मत सम्भार बिहान ७ देखि बेलुका ७ बजे हुने गरि 7 to 7 सेवा को शुभारम्भ गर्नु भएको हो।निर्देशनालयका निर्देशक डा कमल लामिछानेको सभापतित्वमा भएको कार्यक्रम गुँरास गाँउपालिकालाई डिजिटल गाउँपालिका बनाउने सम्बन्धी समझदारीपत्र (MOU) तथा बीरेन्द्रनगर १३ मा रहेको आपर होमस्टे लाइ FTTH Internet सेवा वितरण गर्ने सम्बन्धी समझदारीपत्र (MOU) समेत गरेको भएको छ।
कार्यक्रमलार्इ सम्बोधनगर्दै मुख्यमन्त्री कँडेलले सरकारी लगानी तथा नेपाली जनताको कम्पनी भएकोले कम्पनीलाइ ब्यबसायिक बन्न अपिल गर्नुभयो।उहाँले कर्णाली प्रदेशभर मोबाईल तेलिफोन,4G, इन्टरनेट सेवालाइ चुस्त बनाउन र थप सेवा विस्तार गर्न निर्देशन दिनु भयो,उहाँले प्रदेश सरकारबाट आवश्यक समन्वय हुने विश्वास व्यक्त समेत गर्नु भएको छ।
कार्यक्रममा निर्देशक लामिछानेले सम्पूर्ण कर्मचारीमा ढुक्क भएर कम्पनीका सेवा वितरणमा लाग्न र सेवाग्राही हरुलाइ उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिदै प्रादेशिक निर्देशनालयको मुख्य लक्ष्य नै डिजिटल कर्णाली बनाउनु रहेको बताउनु भयो।
कोहलपुर सुर्खेत Optical Fiber Link का अतिरिक्त हालै चिसापानी बाबियाचौर सुर्खेत बाट बकैल्पिक Optical Fiber Link समेत संचालन मा आएको ले सेवा को बिसोस्नियता बढेको र थप baBackbone link समेत छिटै संचालन मा ल्याउने निर्देशक लामिछानेले बताउनु भयो। कार्यक्रममा कामपनिमा २० बर्ष सेवा गर्ने कर्मचारी हरु लाइ दिर्घ सेवा पदक, रिचार्ज कार्ड तथा सिम कार्ड बितरण गर्ने डिलरहरु लाइ सम्मान, FTTH maintenance मा उत्कृष्ट कार्यालय बन्न सफल दुरसंचार कार्यालय दैलेख लाइ सम्मान, बिभिन्न खेलकुदका बिजेताहरु लाइ प्रमाण पत्र वितरण लगायत सम्मान कार्यक्रम समेत गरियको छ।
कार्यक्रममा गुँरास गाँउपालिकाका अधक्ष्य टोप बहादुर विसिले आफ्नो पालिका मा द्रुत गति मा नया टावर स्थापानी गरि सेवा विस्तार गरिएको मा धन्यबाद दिनुभयो।टेलिकम सुर्खेत कार्यालयका कार्यालय प्रमुख सुष्मा गौतमले स्वागत गर्नु भएको कार्यक्रममा कम्पनिका क्रियाशील युनियनका प्रादेशिक प्रमुख तथा प्रतिनिधि हरु प्रेमकुमार गिरि, अजित बहादुर कार्की, युबराज पौडेल लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको हो।
कार्यक्रम संचालन बिनोद शर्मा तथा अनिता काफ्लेले गर्नु भएको हो।कम्पनिको रुपमा २१ औ वार्षिकोत्सव मनाइरहदा १०० बर्ष भन्दा पुरानो इतिहास स्मरण गरिनु का साथै ७ ओटै प्रदेश तथा केन्द्रीय कार्यालय मा समेत वार्षिकोत्सव मनाइएको कम्पनिले जनाएको छ।
सुर्खेतका अतिरिक्त कर्णाली का ९ ओटै जिल्लामा सिम वितरण, सरसफाई लगाएत बिभिन्न कार्यक्रम गरि वार्षिकोत्सव मनाइएको र कर्णाली का १० जिल्ला का कार्यालय हरु मध्य दुरसंचार कार्यालय जुम्ला र डोल्पा लाइ उत्कृष्ट कार्यालय छनोट गरिएको समेत निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार १३:५९