कर्णाली याक्सका प्रमुख प्रशिक्षक तथा नेपालको राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्ने बताउनु भएको छ।
सुर्खेतको वीरेन्द्ररनगरमा भएको पत्रकार सम्मेलनमा मल्लले कर्णाली याक्सको टिम सन्तुलन मिलेको भन्दै उपाधी रक्षा गर्ने बताउनुभएको छ ।
उहाँले कर्णालीका खेलाडीहरुलार्इ प्रोत्साहन गर्ने उदेश्यले ट्यालेन्ट हन्ट’बाट यस क्षेत्रका खेलाडीहरु छनोट गरिने बताउनुभयो।
ट्यालेन्ट हन्ट’बाट छनौट भएका खेलाडीहरूलार्इ काठमान्डौमा लगेर क्याम्पमा राखिने र त्यहाँबाट एकजना छनौट गरिने बताउनुभयो।
उहाँले आगामी दिनहरुमा कर्णालीबाट धेरै खेलाडीहरु उत्पादन गर्ने उदेश्य रहेको भन्दै खेलक्षेत्रमा लगानी आबश्यक रहेको औल्याउनु भएको छ।
यसैबीच भारतीय चर्चित खेलाडी शिखर धवनको कर्णाली याक्सको आगमनले समग्र नेपाली क्रिकेटका लागि खुसी तुल्याएको उहाँको भनार्इ ।
धवनको उपस्थितिले कर्णालीको टीम थप मजबुद भएको भन्दै अन्य खेलाडीहरुमा पनि उहाँबाट सिक्ने मौका पाउने बताउनुभयो।
कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी सहित राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव सुर्खेतमा रहनु भएको छ।
यस्तै नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘
सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्।कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ।
मंसिर १५ देखी पुष ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन।
नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम खड्काले कर्णाली याक्सको टिमले कर्णालीबाट खेलाडी छनोट गरिने बताउनुभयो।
पहिलो चरणमा आज १५ जनाबाट पाँच जना छनौट गरेर काठमान्डौ लगिने झ छ र त्यहाँबाट एकजनाले खेलका लागि अबसर पाउने बताउनुभयो।


प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार १७:३२