सुर्खेतका किसानहरुले नयाँ प्रविधि अनुसारका कृषि उपजहरूको व्यवस्था गरिदिन माग गरेका छन।आज सुर्खेतको वीरेन्द्ररनगरमा जिल्ला सहकारी संघले आयोजना गरेको कार्यक्रमका सहभागी किसानहरुले यस्तो बताएका हुन।
उनीहरुले परमपरागत रूपमै गर्दै आएको कृषि प्रणाली भन्दा नयाँ तरिकाले सिप र प्रविधिको प्रयोग गरेर कृषि क्रान्ती गर्न चाहेको बताएका छन।
कृषिमा यान्त्रीकीकरण गर्दै सिँचाइ, उन्नत बिउबिजनमा सहुलियत दिएर उत्पादकत्व वृद्धि गर्ने चहाना आफुहरुको रहेको बताएका छन।
बराहतालका कृषक दलबहादुर खड्काले खेती गर्ने परम्परागत शैली, मल, बीउबिजन, सिँचाइ तथा यान्त्रिकीकरणको अभावमा कृषि उत्पादन बढ्न नसकेको बताउनुभो भयो।
उहाँले अहिले पछिल्लो समय जिल्ला सहकारी संघ र जिआइजेट परियोजनाले तालिम उपल्बध गराएपछि वेमौसमी तरकारी उत्पादनमा सहज भएको बताउनुभयो।
यसैबीच जिल्ला सहकारी संघ सुर्खेत र जिआइजेट परियोजनाले वीरेन्द्ररनगर सहित भेरीगंगा नगरपालिका र बराहताल गाँउपालिकामा काम गरिरहेको छ।
तिन वटै पालिकाका कृषकहरु तरकारी सम्बन्धी ६० जनालाइ तालिम संचालन गरिएको,प्लाष्टिक टनेल ६० जना किसानहरु लाइर बितरण गरिएको,प्लाष्टिक पोखरी ३० वटा निमार्ण भएका,भकारोस सुधार ३० वटा निमार्ण भएको जनाएको छ।
यसैबीच कार्यक्रमलार्इ सम्बोधन गर्दै भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले प्रदेश सरकारले वैज्ञानिक खेती प्रणाली अपनाउँदै जाने निति लिएको भन्दै अव कृषि उत्पादन बढ्रने बताउनुभयो।
उहाँले तरकारी क्षेत्रमा नयाँ सोच, सिप तथा प्रविधिबारे किसानमा चेतना बढाउन र किसानका प्राविधिक समस्या पहिचान र समाधानबारे कार्याशाला प्रभावकारी बनाउन प्रदेश सरकार लागि परेको जिकिर गर्नुभयो।
कार्यक्रमलार्इ जिआइजेट परियोजना सुर्खेतका प्रमुख सुरेश बरालले पालिकाका पकेट क्षेत्रमा रहेका किसानहरूलार्इ विभिन्न आर्याआर्जनमुलक तालिम तथा सिपमुक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
यस्तै जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर बिसिले जिल्ला सहकारी संघ मार्फत किसानहरूलार्इ उत्पादन बढाउदै मनग्ये आम्दानी तर्फ आकर्षित गराइएको बताउनुभयो।
उहाँले किसानहरू व्यवसायक बन्न सुझाँवदिदै यसबाटै राम्रो प्रतिफल पाउन सकिने उल्लेख गर्नुभयो।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष रविन्द्र शाहले ज्ञान, सिप र यन्त्रको प्रयोगले परम्परागतरुपमा गर्दै आएको खेती प्रणालीलाई छाडेर आधुनिकीकरण कृषि खेतीलाई प्रथामिकता दिनुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा वीरेन्द्ररनगर भेरीगंगा र बराहाताल गाँउपालिकाका कृषक तथा कृषि प्रमुखहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार १७:५७