भेरीगंगा उपत्यका आधुनिक सहर आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भवनको शिलान्यास गर्दै चुनावमा प्रतिस्पर्धा भए पनि भूगोलको विकास र जनताको समृद्धिका लागि प्रतिस्पर्धा गर्नु आवश्यक नभएको बताए।‘निर्माणमा हुने ढिलाइले पुँजीगत खर्च दयनीय छ, यस्तै विभिन्न कारणले मुलुकको अर्थतन्त्र समस्यामा छ,’ उनले भने, ‘सरकारले ऋणपत्र जारी गरेर मुलुक चलाउनु परेको छ, यो अवस्थामा समयमै विकास गर्न सकिएको छैन।’
भेरीगंगा आधुनिक सहरले पूर्ण रुपमा आकार लिन अझ २५ वर्ष लाग्ने उनको भनाइ छ । आधुनिक सहर भएकाले निर्माणको गतिलाई तीव्रता दिनुपर्नेमा खड्काले जोड दिए।
नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये भेरीगंगा आधुनिक सहर सबैभन्दा ठूलो भूगोलमा भएकाले यसको विकासका लागि तीव्र गतिमा काम गर्न आयोजनालाई खड्काले निर्देशन दिंदै पछिल्लो समय निर्माणको प्रक्रियामा जाँदा सहरको आकार घटेकाले यसमा आयोजना कार्यालयले ध्यान दिनुपर्ने उनले बताए।
‘नदीको किनारमा ठूला सडक खन्ने काम नगर्नुहोस्, बरु सहरी आयोजनासँग समन्वय गरेर हरियाली र सुन्दरता दिने काम गर्नुहोस्,’ खड्काले जनप्रतिनिधिहरुसँग आग्रह गर्दै भने, ‘साना बाटो बनाउन अनुमति नदिनुहोस्, कम्तीमा सय वर्षलाई पुग्ने गरी बाटो छोड्नूस्।’ नयाँ सहरको काम निर्माण व्यवसायी र सम्बन्धित कार्यालयका कारण काममा ढिलाई नगर्न कर्णाली प्रदेश सभा तथा पूर्वकानुनमन्न्री कृष्ण जीसीले बताए ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आईतवार १७:०६