जुनतारा प्राथमिक विद्यालय वीरेन्द्रनगर ६ सुर्खेतले बार्षिक आय व्यय सार्वजनिक गरेको छ।
विधालयले गत आर्थिक वर्ष २०८०।८१ मा भएको बार्षिक कार्यक्रम सहित आय व्यय सार्बजनिक गरेको हो।
विद्यालयको सार्वजनिक सुनुवार्इ कार्यक्रमको आयोजना गरेर विधालयले बर्षदिन भरी गरेरका गतिविधि सार्वजनिक गरेको हो।
सो कार्यक्रममा सामाजिक लेखा परिक्षण गरी विद्यालयको गत आर्थिक बर्षको आय व्यय विवरण सार्बजनिक गरेको विधालयका प्रधानध्यापक जमुनादेबी गौलीले जानकारी दिनुभयो।
उहाँले विद्यालयलयले ३३ लाख ७२ हजार २८ रुपैयाँको आम्दानी गरेको भन्दै ३२ लाख ७१ हजार ५ सय ३६ रुपैयाँ खर्च गरेको बताउनुभयो।
अहिले ९३ हजार एक सय ८१ रुपैयाँ बैंक मौज्दात रहेको प्रधानध्यापक गौलीको भनार्इ छ ।
शिक्षक अविभावक संघका अध्यक्ष नारायण तिमिल्सेनाको अध्यक्षतामा सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर थापा,नेपाल राष्ट्रिय माध्यामिक विधालय डाँडास्कुलका टेकराज कोइराला,भैरव माध्यामिक विधालयका राजेन्द्र गौतम लगायत अविभाकहरुको सहभागिता रहेको थियो।
कक्षा पाँच सम्म सञ्चालनमा रहेको विधालयमा अहिले १३९ जना विधार्थीहरु अध्यनरत रहेका छन ।
कार्यक्रमको सहकिरण प्रधानाध्यापक जमुनादेवी गौलेले गर्नुभएको थियो ।
प्रकाशित मिति: १६ आश्विन २०८१, बुधबार १७:५८