सुर्खेत महिला जेसीजले यही असोज ५ गतेदेखी सप्ताहव्यापी जेसीज सप्ताह कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ।
महिला जेसी सुर्खेतले आज वीरेन्द्रनगरमा पत्रकार सम्मलेनगर्दै विभिन्न कार्यक्रमको आयोजना गरेर जेसीज सप्ताह मनाउन जानकारी गराएको हो।
नेतृत्व विकास र सामाजिक रूपान्तरणका लागि हरेक वर्ष विविध कार्यक्रम गर्दै आएको सुर्खेत महिला जेसीजले वर्ष २०२४ अन्तरगत वृद्धा आश्रममा भोजनदेखी सम्मानका कार्यक्रम समेत गर्न लागेको जनाएको छ।
असोज ५ गते तुल्सी स्मृति वक्तृत्वकलाको प्रतियोगिताको आयोजनाबाट कार्यक्रमको शुरूवात गरिने सुर्खेत महिला जेसीज २०२४ का अध्यक्ष मीना गुरूङले जानकारी दिनुभयो।
यस्तै असोज ६ गते वृद्धा आश्रममा भोजन कार्यक्रम, ७ गते भेरी नदी नजिकै रहेको आर्यघाट प्रतिक्षालय सरसफाइ, ८ गते प्रभाकारी भाषण कला तालिमको आयोजना गरेको छ।
यस्तै असोज ९ गते कानुन साक्षरता कार्यक्रम, असोज १० गते मानसिक स्वास्थ्य सम्बन्धि सचेतना, असोज ११ गते जेसीज र होप पोलिक्लिनिक संग समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
सप्ताहको अन्तिम दिन असोज १२ गते नारी सम्मानसँगै पुरस्कार वितरण गरेर सप्ताह समापन गरिने अध्यक्ष गुरूङको भनार्इ छ।
कार्यक्रमलार्इ सम्बोधनगर्दै संस्थापक अध्यक्ष सिमा चन्दले संस्था स्थापनादेखी हाल सम्म जेसीजले विभिन्न सामाजिक कार्यगर्दै आएको बताउनुभयो।
उहाँले महिला जेसीज सुर्खेतले सामाजिक उतरदायित्व अन्र्तर्गत पनि विभिन्न कामगर्दै आएको उल्लेख गर्नुभयो।
सप्ताहव्यापी कार्यक्रमलाई सफल पार्न जेसी सीखा सोनी, हिमाली पाण्डे, विजय गौतम, भीमा शाही, भावना राना, सगुन गिरी, कान्त कार्की, सृजना गुरूङ, बसन्ती कार्की र चन्द्रा थापालाई संयोजक तोकेर जिम्मेवारी दिएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार ०७:४८