वीरेन्द्रनगर नगरपालिलार्इ हरियाली मैत्री शहर बनाउने योजना प्रभावकारी बन्दै गएको छ।वीरेन्द्रनगर नगरपालिका भित्रका विभिन्न सडक किनारामा विभिन्न प्राजतिका विरुवाहरु हुर्दै गएका छन।
नगरप्रमुख मोहनमाय ढकालले सन २०३० सम्म वीरेन्द्रनगर नगरलार्इ हरियाली मैत्री शहर बनाउने योजनाका साथ काम भइरहेको बताउनुभयो।त्यही अनुरुप वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा विरुवाहरु रोपिएको भन्दै नगरलार्इ हरियाली बनाउने घोषणा गर्नुभयो।
अहिले नगरमा २५०० भन्दा धेरै विरुवा रोपिएका छन। उहाँले भन्भयो, अव नगरको मुहार फेरिने छ,।नगर प्रमुख ढकालले अव वीरेन्द्रनगमा रहेका विरुवाहरुको रोड अडिट प्रकृया समेत शरु गरिने जिकिर गर्नुभयो। नगर क्षेत्रभित्र सहरी सुन्दरता कायम गर्न आआफ्ना घरपरिसरमा सदाबहार हरियाली हुने एवं सौन्दर्य कायम हुने बिरुवा लगाउन समेत नगरपालिकाले सार्वजनिक अपिल गरेका गरेको थियो।
सहरी वन विकास कार्यक्रम अन्तर्गत प्रदेश राजधानीसमेत रहेको नगरपालिकालाई हरित नगरपालिकाको रूपमा विकास गरिने वीरेन्द्रनगर नगरपालिकाले बताएको छ। यस्ते रत्नराजमार्ग तल्लो क्षेत्रमा अव्यवस्थित बसोबासरहेको भन्दै त्यसलार्इ व्यवस्थित बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रमलार्इ सम्बोधनगर्दै गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्तपुनले सबैको साथ र सहयोगबाटै नगरलार्इ समुन्वत बनाउन सकिने उल्लेख गर्नुभयो।उहाँले विपद्ध जोखिम न्युनिकरणका लागि सबै पालिकाहरुको एक आपसमा सहर्काय हनु आवश्यक रहेको उल्लेख गर्नुभयो।कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका पुर्वप्रमुख देबकुमार सुबेदी,तयार नेपालका प्रमुख तिर्थराज जोशि, जिल्ला समुन्वय समितिका उपप्रमुख सचिन बढुवाल लगातले विपद न्युनिकरणका लागि पुर्व प्रतिकार्य योजना बनाउनुपर्नेमा जोडदिनुभयो।
प्राकृतिक विपद्को उच्च जोखिममा
वीरेन्द्रनगर नगरपालिका प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पाइएको छ।वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा तयार नेपाल परियोजनाको सहयोगमा भएको सिकार्इ आदान प्रदान तथा दिगोपना कार्याशाला कार्यक्रममा यस्तो जानकारी गरार्इएको हो।वीरेन्द्रनगरमा पछिल्लो आठ बर्षको अवधिमा विपदका घटनामा क्षेतिको राष्ट्रिय र प्रादेशिक आसौत भन्दा उच्च रहेको छ।वीरेन्द्रनगर नगरपालिकामा बाढि, पहिरो, आगलागी, चट्याङ, खडेरी, भूक्षय र भुकम्पजस्ता बहुप्रकोपको उच्च जोखिम रहेको पाइएको छ।
बढ्दो जनसंख्या र शहरीकरणसंगै नगरको विपद् जोखिममा पनि वृद्धि भएको जनाइएको छ।नगरपालिकाले विपद जोखिम न्युनिकरणका लागी आपतकालीन कार्य सञ्चालन केन्द्र निर्माण गरिएको नगरपालिकाका योजना तथा वातावरण शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो।
उहाँले नगरका कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुवानलगायतको जोखिम उच्च रहेको बताउनुभयो।नगरको वडा नं. १२ को खोरिया, १३ को अधिकांश भू–भाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छ।
यसैबीच नगरपालिकाले आपतकालिन अवस्थामा चौबिसै घन्टा १०१ नम्बर सहित विपद्टोली तयारी अवस्थामा रहेने व्यवस्था समेत मिलाइएको जनाएको छ।तयार नेपालसंगको साझेदारीमा वीरेन्द्रनगरका विभिन्न वडामा तटबन्धन निर्माण गरेर चार सय घरपरिवार सुरक्षित भएको जनाइएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार १७:२५