कर्णाली प्रदेश सरकारले प्रदेश स्थापनार्थ शहादत प्राप्त गर्ने शहिदका परिवारलाई रोजगारी दिने भएको छ ।
कर्णाली प्रदेश सरकारको नवौँ स्थापना दिवसका अवसरमा बोल्दै मुख्यामन्त्री यमलाल कडँेलले मन्त्रीपरिषद बाट स्थापनार्थ शहादत प्राप्त गर्ने चारजना शहिदका एक ÷एक जना परिवारलाई रोजगारी संगै प्रदेश सरकारका सबै मन्त्रालय र मातहतका कार्यालयहरूमा ४ जना सहिदको तस्वीर अनिवार्य राख्ने निर्णय गरेको बताएका छन ।
उनले चारजना सहिदहरुको फोटो प्रदेश मातहतका सबै कार्यालयमा राख्ने निर्णय गरिएको बताए । ‘कर्णालीमा रहेका संघीय सरकार र स्थानीय तहलाई पनि आग्रह गर्नेछौं,’ प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘प्रदेश मातहतका सबै कार्यालयहरुमा सहिदहरुका तस्बिर राख्ने निर्णय गरिएको छ ।’
यस्तै प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानीबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
उनले चार जनाको बलिदानीबाट प्रदेश स्थापना भएयता जनताको इच्छा र शहिदहरुको सपनालाई कति पूरा गर्यौ भनेर सोच्ने बेला आएको उनको भनाई छ । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशीले भने, ‘जनताको चाहना र शहिदको सपनालाई कति पूरा गरियो भनेर तीन तहका निर्वाचित जनप्रतिनिधिहरुले समिक्षा गर्नुपर्ने बेला आएको छ ।’
कर्णाली भाषा, संस्कृति, प्राकृतिक स्रोतलगायतले भरिपूर्ण भएपनि त्यसको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताए । प्रदेश प्रमुख जोशीले भने, ‘सम्भावनाको खानी कर्णली रहेपनि पछाडि छ, यसको समिक्षा गर्न आवश्यक छ ।’
स्थापनाको अवसरमा दुर्गममा बसेर पत्रकारिताका मार्फत महत्वपुर्ण भुमिका रहेको भन्दै तिनजना पत्रकारलाई पुरस्कृत समेत गरिएको छ ।’
प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलवार १८:४५