शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा विषेश कार्यक्रम सञ्चालन गर्न पुर्वी सुर्खेतको सिम्ता गाँउपालिकाका युवाहरुले माग गरेका छन।सुर्खेत उधोग वाणिज्य संघको सहकार्यमा अमेरिकन कर्नर सुर्खेतको आयोजनामा भएको युवासंग जनप्रतिनिधि कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन।
उनीहरुले स्थानिय सरकारले युवालक्षित कार्यक्रम सञ्चालन गर्न नसक्दा यहाँका युवाहरु खेलकुद तथा अन्य क्रियाकलापमा पछि परेको बताएका छन। अझै पनि रोजगार, शिप नभएर युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था आएको भन्दै यसका लागि वडा र पालिकाले पनि सहयोग गरी यही रोजगारीको सृजना गर्नुपर्ने बताएका छन।
सिम्ता गाँउपालिका वडा नम्बर ६ का स्यानिय युवा आशिष विकले गाँउपालिका भित्र रहेको एकमात्र रंगशाला निर्माण हुन नसक्दा आफुहरुले खेलकुदका गतिविधिमा सामेलन हुन नसेको बताउनुभयो।उहाँले स्थानिय र प्रदेश सरकारले यसतर्फ ध्यान नदिदा रंगशाला निर्माणको काम विचमै अलपत्र परेको बताउनुभयो।
यस्तै अर्का स्थानिय गोविन्द विकले यही बर्ष सिम्तामै हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भौतिक संरचना देखि खेलकुदका गतिविधि सञ्चालन हुन नसकेको भन्दै यसबाट कस्तो नजिता आउला भनेर प्रश्न गर्नुभयो ?
कार्यक्रममा सहभागी राजन पुन मगरले गाँउपालिकाले अनाथ बालबालिकाको लागि शिक्षा र स्वास्थ क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो।उहाँले अहिले पनि अनाथ र असहाय बालबालिका शिक्षाको क्षेत्रबाट टाढा रहेको भन्दै स्थानिय सरकारको ध्यानआकर्षण गराउनुभयो। यस्तै बागेश्वरी माध्यामिक विधालयमा अध्ययनरत अपागंता भएका छात्रा रुपसरा विकले अपागंता मैत्री विधालयको संरचना नहुदाँ आफुहरु समस्या भएको बताउनुभयो।
विधालय र आफुहरु बस्ने छात्राबासको सडक अफ्ठारो भएकालाइ यसलाइ सहज बनाइदिन गाँउपालिका अध्यक्षलाइ आग्रह गर्नुभयो।यस्तै अन्य युवाहरुले पालिका भित्र रहेका विधालयहरुका भौतिक संरचना जिर्ण भएको,बजेट बनाउदा युवाहरुलाइ समेट्नु पर्ने,पालिकाभित्र हुने सुशासन कायम गर्नुपर्ने माग गरेका छन।
कार्यक्रमका सहभागिहरुको जबाफ सुनिसकेपछि गाँउपालिका अध्यक्ष ऐनबहादुर चन्दले युवाको क्षेत्रमा निति तथा कार्यक्रम बनाउदाँ युवालाइ समेटर उनिहरुको सुझाँवको आधारमा बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले अहिले पालिकाले युवाहरुको लागि भन्दै ५० लाख बजेट बिनियोजन गरिएको भन्दै यसबाट खेलुकदका गतिविधि तथा अन्य युवा लक्षित कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
अध्यक्ष चन्दले अपागंता मैत्री सडक निर्माण गर्ने, रंगशाला निर्माणको लागि प्रदेश सरकारसंग समुन्वय गरेर अपागंता मैत्री सडक निर्माण गर्ने र शिक्षा गुणस्तरिय बनार्इने बताउनुभयो।
उहाँले सिम्ताकै मुटुमा रहेको बागेश्वरी माध्यमिक विधालयलार्इ नमुना विधायलको रुपमा विकास गरि गुणस्तरिय शिक्षा प्रदान गरिने उल्लेख गर्नुभयो। वडा नम्बर ६ का वडा अध्यक्ष गुलाबसिहं ठकुरीले वडा स्तरबाट युवाको लागि खेलकुल साम्रागी वितरण लगायतका कामहरु भइरहेको बताउनुभयो।उहाँले भौतिक संरचना लगायत अन्य कामको लागि पालिकासंग सहकार्य गरेर युवाका सवालहरुमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा विधालयका प्रधानध्यापक कौशिला सिहं,विधालय व्यवस्थापन सिमितका अध्यक्ष प्रेमप्रकास केसी, लगायत सिम्ता गाँउपालिकाका विभिन्न वडाका ५० भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार ०८:५७