इगरब्रिज माध्यमिक विद्यालयले स्वीमिङ्ग पुल सञ्चालनमा छ।आज एक कार्यक्रमका बीच विद्यालयले वीरेन्द्रनगर १० इगरब्रिज विधालय भित्र नै स्वीमिङ्ग पुल सञ्चालनमा ल्याएको हो।
उचित शैक्षिक वातावरण, उत्कृष्ट ल्याब र उत्कृष्ट पुस्तकालयपछि इगरब्रिज विद्यालयले विधार्थीहरुलार्इ थप सेवा दिने उदेश्ले स्वीमिङ्ग पुलको सञ्चालन गरिएको जनाएको छ ।
करिब ४ महिनादेखि नियमित निर्माण कार्यपछि ९० लाखको लगानीमा स्वीमिङ्ग पुलमा आएको हो।
स्वीमिङ्ग पुल सहित च्यान्जिङ्ग रुमको समेत व्यवस्था गरिएको विद्यालयका प्रिन्सिपल दिपेन भुसालले जानकारी दिनुभयो।
स्वीमिङ्ग पुलको लम्बाइ १९ मिटर, चौडाइ ८ मिटर र गहिराई साढे ३ फिटदेखि साढे ५ फिटसम्म रहेको छ । साना साना बालबालिकाले पनि स्वीमिङ्ग खेल्न सिकुन् भनेर साढे दुई फिटसम्मको छुट्टै स्वीमिङ्ग पुलको समेत व्यवस्था गरिएको छ। विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भुसालले विद्यार्थीले सिक्नै पर्ने सीप मध्ये स्वीमिङ्ग पनि भएकाले विद्यालयले यसको सुरुवात गरेको बताउनुभयो।
विद्यार्थी केवल शैक्षिक क्षेत्रमा मात्र नभई संस्कार र सीपमा पनि परिपक्व हुनुपर्ने बताउँदै प्रशासन प्रमुख भुसालले विद्यार्थीले पौडी खेल्न जानेमा उसको शारीरिक विकासमा समेत सहयोग पुग्ने बताउनुभयो । विद्यालयका संस्थापक हेमप्रकाश भुुसालले शैक्षिक क्षेत्रको पूर्ण नाम इगरब्रिज बनाउने उद्देश्य अनुरुप स्वीमिङ्ग पुलको शुरुवात गरिएको बताउनुभयो ।
विधालयले विभिन्न शैक्षिक क्रियाकलाप पनि संगसगै गर्दैआएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार २१:३९