सुर्खेतको सिम्ता गाँउपालिकामा खोलाले बगाउन एकजना बालिका बेपता भएका छन।सिम्ता ९ खान्मका ९ बर्षिय मनिसा बादीलार्इ खोलाले बगाएको स्थानियले बताएका छन।
आज विहान आलीबाट खान्मातर्फ जादै गर्दै सिम्ता खोलाले बगाएको स्थानिय शिक्षक लक्ष्यबहादुर सुनारले जानकारी दिनुभयो।खोलाले बगाए लगतै स्थानीयले उनको खोजी कार्यसुरु गरेका छन। तर अहिले सम्म केहि पनि नभेटिएको उहाँले बताउनुभयो।
खोजी कार्यका लागि प्रहरी चौकी आलीबाट प्रहरी टोलि पनि खटिएको जनाइएको छ।दुर्इदिन देखिको लगातारको बर्षापछि सिम्ताखोलामा बाढि आएको छ।
यस्तै रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म देशभर १६ जनाको ज्यान गएको छ । बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अरू दुई जना बेपत्ता भएका छन् । १८ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाण्डाैमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा तीन जना गरी १६ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी दोलखा र स्याङ्जामा एक/एक जना बेपत्ता भएका छन् ।
यस्तै अहिलेसम्म तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुङ्गामा दुई, काठमाण्डाैमा तीन, चितवनमा एक र स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २४ असार २०८१, आईतवार १६:२६