सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को लागि साढे ३ अर्ब भन्दा माथीको वजेट ल्याएको छ ।
नगर उपप्रमुख निलकण्ठ खनालले नगरपालिकाको १५ औं नगरसभामा आगामी अािर्थक बर्षको लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रकम सार्बजनिक गर्नुभएको हो ।
जसअन्तरगत चालु तर्फ कुल वजेटको ४८.९३ प्रतिशत अर्थात १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ र पुँजीगततर्फ ५१.०७ प्रतिशत अर्थात १ अर्ब अर्ब ८३ करोड ४५ लाख रकम विनियोजन गरिएको छ ।
नगरसभामा वजेट पेश गर्दै उपप्रमुख खनालले कृषि विकास कार्यक्रम तर्फ ५६ लाख ५० हजार रकम विनियोजन गरिएको बताउनुभयो ।
त्यसैगरी पशुपन्छी विकास कार्यक्रमतर्फ ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हिततर्फ ६१ लाख ५० हजा, जनस्वास्थ्य प्रवद्र्धन तथा नगर अस्पताल तर्फ ४ करोड ५ लाख ५८ हजार रकम विनियोजन गरिएको छ ।
महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गतर्फ .१ करोड १६ लाख ३० हजार रकम विनियोजन गरेको नगरपालिकाले शिक्षा, युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार रकम छुट्याएको छ ।
यसैगरी, वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापन तर्फ २ करोड ६४ लाख २० हजा, सार्वजनिक सेवा तथा सुशासनतर्फ २ करोड १७ लाख ४५ हजार, नगर स्तरीय विविध पूर्वाधार विकास तर्फ २५ करोड ८५ लाख ५० हजार, रकम विनियोजन गरिएको उपप्रमुख खनालले बताउनुभयो ।
कृर्षि, पशु, खानेपानी, शुसासन तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार, झोलुङ्गे पुल जस्ता कार्यक्रमका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रु. १ अर्व ६९ करोड २८ लाख ५१ हजार रहेको बताइएको छ ।
चालु आर्थिक बर्षमा २२ करोड आन्तरिक आम्दानी गरेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०८१÷०८२ मा कर प्रणालीमा सुधार गरी ३६ करोड ८३ लाख ४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
खनालले स्वीकृत कर दस्तुरलाई समय सापेक्ष संशोधन सहित र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता, औचित्यताको आधारमा छुट एवं सहुलियत दिने नीति लिईने बताउनुभएको छ ।
नगरपालिकाले शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ वीरेन्द्रनगरलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध शहरी सुविधा युक्त, लैंगिक रुपमा महिलामैत्री, कर्णाली प्रदेशको ब्यवस्थित राजधानीका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: ११ असार २०८१, सोमबार १७:०३