नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको वार्षिक साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ।कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सुर्खेतमा आएका औषधि व्यवसायीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
नेपाल औषधि व्यवसायी संघका केन्द्रिय सचिव कृष्णबहादुर रोकायले एक कार्यक्रमकाबीच सभाको उद्घाटन गर्नुभएको हो।उहाँले मानव जीवनसँग जोडिएको औषधि महत्वपूर्ण विषयका रुपमा रहेको भन्दै यसलार्इ राज्यले प्रमुख प्राथमिकता राख्नुपर्नेमा जोडदिनुभयो।
सचिव रोकायले नेपालको औषधी संरचनामा निजी क्षेत्रको योगदान रहेको चर्चागर्दै ब्यवसायमा रहेका बिकृतिलाई ब्यवसायीहरु सुधारको आवश्यकता महशुस गर्नु सकारात्मक भएको उल्लेख गर्नुभयो।
प्रमुख सल्लाहकार खड्काद्धारा भवन निर्माण गर्न जग्गादन
नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशका प्रमुख सल्लाहकार विष्णुबहादुर खड्काले औषधी व्यवसाय सञ्चालन गर्न थुप्रैं खाल्का समस्याहरु हुदाँहुदैपनि आफुहरुले जनताको सेवामा सदै तत्पर रहेको उल्लेख गर्नुभयो।
उहाँले कर्णालीका ग्रामिण क्षेत्रमा अहिले पनि औषधि व्यवसायी सञ्चालन गर्न कठिन रहेको भन्दै व्यवसाय सञ्चालन गर्न संगठित भएर लाग्न आग्रह गर्नुभयो।
यसैबीच सल्लाकार खड्काले औषधि व्यवसायी संघ कर्णालीको भवन निर्माणको लागी वीरेन्द्रनगरमा घरेडी समेत बुवा आमाको सम्झनामा दान गर्नु भएको छ।यसैबीच नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष प्रेमबहादुर भण्डारीले राज्यले निजी क्षेत्रलाई उपेक्षा गरेको बताउनु भएको छ। उहाँले अहिले संघको भवन नहुदाँ कामकाज गनृ समस्या भएको भन्दै आफुले सहयोग गरेको बताउनुभयो। सामाजिक क्षेत्रमा क्रियाशिल खड्काले विभिन्न क्षेत्रमा सहयोग समेत गर्दै आउनु भएको छ।
उहाँले सबै खालका औषधिहरु मेडिकलबाट उपलब्ध हुने व्यवस्थालाई सहज बनाउनका लागि नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले राज्यसँग समन्वय गरेर सबै औषधि व्यवसायिको हक र हितमा लाग्न अध्यक्ष भण्डारीले आग्रह गर्नुभयो।
यस्तै अध्यक्ष भण्डारीले नेपाल औषधि व्यवासायी संघ कर्णाली प्रदेशको भवन निर्माणको अभियानमा लागिरहेको बताउँदै सबै औषधि व्यवसायी र सहयोगी मन भएकाहरुलाई यो महान अभियानमा जोडिनका लागि समेत आह्वान गर्नुभयो। यस्तै औषधि व्यवसायी संघ कर्णाली प्रदेशका महासचिव दानबहादुर रोकायले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले गरेका वर्षभरिका कार्यक्रमहरुका बारेमा जानकारी दिनुभयो।
संघ कोषाध्यक्ष गोमाकुमारी नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न संघसंस्था र व्यक्तिहरुबाट जग्गा खरिद र भवन निर्माणका लागि ३० लाख ९६ हजार ७१ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो।
यसैगरी विभिन्न कार्यक्रममा ८ लाख ५ हजार ३ सय ८० रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। हाल बैंकमा २२ लाख ९० हजार ६ सय ९१ रुपैयाँ मौज्दात रहेको समेत जानकारी दिनुभयो।
कार्यक्रमममा नेपाल पत्रकार महासंघ सुर्खेत जिल्लाका अध्यक्ष ललित बसेलले शुभकामना मन्तब्य ब्यक्त गर्दै कोभिडको समयमा औषधि व्यवसाय, सुरक्षाकर्मी र पत्रकारहरु सँगसँगै मिलेर काम गरेको अनुभव सुनाउँदै औषधि व्यवसायको उच्च प्रशंसा गर्नुभयो।
उहाँले जनताको जिउ ज्यानसँग जोडिएको औषधि व्यवसाय र पत्रकार जगत आगामी दिनमा पनि सँगसँगे हिड्नुपर्नेमा उहाँले जोड दिनुभयो। कार्यक्रममा विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुले प्रगति प्रतिवेदन पेस गरेका छन।
प्रकाशित मिति: १ असार २०८१, शुक्रबार १८:२४