कर्णालीको केन्द्र सुर्खेतको वीरेन्द्रनगरको अधिकतम तापक्रम लगातार बढेर १२ वर्ष यताकै सबैभन्दा बढी ४१ डिग्री सेल्सियस भन्दामाथि पुगेको छ।वीरेन्द्रनगरको अधिकतम तापक्रम आज ४१ दशमलव १ डिग्री सेल्सियस मापन भएको हावापानी कार्यालय सुर्खेतले जनाएको छ।
वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको यो लगातार चौथो दिन हो।यसअघि २०६९ जेठ ३२ गते वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस मापन कार्यालयको तथ्याँक छ।
सबैभन्दा कम तापक्रम २०६९ पुस २५ गते माइनस शून्य दशमलव सात डिग्री सेल्सियस मापन भएको छ।यस्तै आज नेपालगन्जको तापक्रममा पनि बढेर आज ४४ र धनगढीको ४३ दशमलव ८ डिग्री सेल्सियस पुगेको कार्यालयका प्रतिनिधि टीका ढकाल काफ्लेले जानकारी दिनुभयो।
यसैगरि दिपायलको ४० दशमलव ८ दाङको ३८ दशमलव ९ ८ र जुम्लाको ३० दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।यसैबिच जल तथा मौंसम पूर्वानुमान महाशाखाले एक दुर्इ दिन यसक्षेत्रमा पानी पर्ने संभावना नरहेको जनाएको छ।
वीरेन्द्रनगर लगाएत आसपासका क्षेत्रमा उखरमाउदो गर्मी बढ्दा बिजुली बत्ति नियमित नुहने र कम भोल्टेजको समस्याले उपभोक्ताले सास्ती खेप्नु परेको छ।पटक पटक बत्ति जाने र आएको बेला पनि पंखा नचल्ने पानी तान्न मोटर नचल्ने फ्रिज नचल्ने मिल नचल्ने लगाएतका समस्याले उपभोक्ता आजित बनेका छन ।
यता बिद्यूत प्राधिकरण सुर्खेतले ओभरलोड लगाएतका कारण समस्या भर्इरहेको भन्दै वैकल्पि व्यवस्थाकालागि पहल भर्इरहेको जनाएको छ।१३२ केभी प्रसारण लार्इन संचालन केहि ढिलार्इ हुने भएकाले तत्कालकालर्इ बाबियाचौरबाट नहुदाँसम्म ३३ केभी ल्याउन पहल भर्इरहेको केन्द्रले जनाएको छ।
वितरण केन्द्रका प्रमुख अशोक लोहनीले बाबियाचौरबाट ३३ केभी ल्याउनकालागि स्थानियसंग छलफल भर्इरहेको बताउनु भएको छ।जनप्रतिनिधि सहित सरोकारवाला सबै पक्षसंग पटक पटक छलफल भर्इरहेको भन्दै उहाँले केहि दिनमै कुरा मिल्ने बिश्वास लिएको बताउनु भयो।
यो ३३ केभी संचालनमा ल्याउन सके वीरेन्द्रनगर लगाएत यस क्षेत्रमा देखिएको समस्या केहि हदसम्म समाधान हुने उहाँको भनार्इ छ ।अहिले बड्डीचौर हुँदै ११ केभी भने वीरेन्द्रनगर जोडिएको भएपनि यो पर्याप्त नभएको उहाँले बताउनु भयो।कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः सात महिना थप गरिएको छ।
आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मकालागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो।सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुन सकेको छैन।
विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन।हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार १८:००