मधुवन विसी– सुर्खेत, चारवर्ष अगाडी कर्णाली प्रदेशमा पहिलो पटक सञ्चालन गरिएको कृषि क्षेत्र विकास कार्यक्रम प्रभावकारी बन्दै गएको छ।कार्यक्रम सञ्चालनमा भएको चौथो वर्ष पुग्दा कर्णालीका विभिन्न जिल्लामा रहेका किसाहरुकालागि कृषि क्षेत्र विकास कार्यक्रमले सहयोगी बन्न सफल भएको छ।नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित उक्त कार्यक्रम कर्णालीमा पनि सुरू गरिएको भएको हो । सम्बन्धित पालिकाहरूसँग कार्यक्रमले बहुपक्षीय सहभागितामूलक कृषि प्रसार सेवाको विकास र दिगो कृषि सेवा विस्तार गर्ने आधार तय गर्ने लक्ष्य लिएको छ ।सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट टोलस्तरमा कृषि प्रसारका सेवा विस्तार गरिने छ । यो कार्यक्रमबाट किसानले बहुआयामिक लाभ समेत लिएका छन।कार्यक्रमले नाफामूलक कृषि मूल्य श्रृंखला, बाली वस्तुको पहिचान तथा छनोट, विकासको लागि सह–लगानी, सामुदायिक एवम् सार्वजनिक पूर्वाधार निर्माणमा लगानी गर्दै आएको छ।0
कार्यक्रमको प्रभावकारीता
कर्णाली प्रदेशका ३५ हजार घरपरिवारहरुहरु यो कार्यक्रमबाट लाभाम्त भएका छन। यसमा दुई तिहाई महिला र एक चौथाई सिमान्तकृत वर्ग- दलित, जनजाती, मुसलमान, युवा तथा सुकुम्बासी र अन्यले समेत सेवाको उपभोग गर्न पाएका छन।सार्वजनिक पर्वाधार, वित्तीय सेवा र कृषि प्रसार सेवाको विकासबाट थप ४० हजार घरपरिवार अप्रत्यक्ष रुपमा लाभान्वित भएको कृषि क्षेत्र विकास कार्यक्रमले जनाएको छ।अहिले कर्णालीका सवै १० जिल्ला सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला र पश्चिम रुकुमको ५८ वटा स्थानीय तहमा कृषि क्षेत्र विकास कार्यक्रम संचालन गरेर कृषकहरुले सेवा लिएका छन।कार्यक्रमले मूल्य शृङखला विकास, तथा कार्यक्रम व्यवस्थापन र समन्वयको क्षेत्रमा कामगर्दै आएको छ।
गाउँ नै भैँसीपालनमा
कृषि क्षेत्र विकास कार्यक्रम संञ्चालन भएपछि सुर्खेतको भेरीगंगा नगरपालिपका ११ चिप्ले र लेकबेशी नगरपालिका १० का कृषकहरु भैसिपालन तर्फ आकर्षित भएका छन।कार्यक्रम लागु भएको तीन वर्षको अवधिमा बस्ती नै भैँसीपालन गाउँ बनेको छ।धेरै जसो किसनाहरु विहान र साँझ दुध बिक्री गर्नमा व्यस्त हुन्छन। सानोतिनो गर्जो टार्नुका साथै जग्गाजमिन, लत्ताकपडा र छोराछोरीलाई राम्रो ठाउँमा पढाउने हैसियतमा यहाँका किसानको भनाइ छ।तीन वर्षअघि भैँसी नभएका किसानसँग अहिले घर घरमा कम्तीमा तीन÷चार वटा भैँसी छन्। गाईवस्तु र बाख्रा पालेका छन्।कोपिला भैँसीपालन कृषक समूहका अध्यक्ष भुमिका रानाले अहिले घरमा २५ वटा भैसी पालन गर्नुभएको छ। सो समूहको कुल लागत करिब १७ लाख छ भने कृषि क्षेत्र विकास कार्यक्रमबाट आधा अर्थात् आठ लाख ७० हजार लगानी भएको छ भने बाँकी आधा समूहले गरेको छ ।कार्यक्रमले किसानलाई भकारो निर्माण, दुध राख्ने क्यान खरिद, औषधी खरिद, प्राविधिक तालिम, उन्नत खाले घाँस खेती, नस्ल सुधार तथा व्यावसायिक साक्षरतालगायतका कार्यक्रममा सहयोग गरेको छ।
लेकबेँसीमा पनि उस्तै आकर्षण
सुर्खेतकै लेकबेँसी नगरपालिका–१०, साटाफाँटका २७ जना भैँसीपालक किसानले पनि दैनिक चार सय लिटरसम्म दुध उत्पादन गर्ने गर्द छन्। सिर्जनशील दुग्ध समूह गठन गरी किसानले दुध सङ्कलन गरेर नजिकैको सहकारीलाई दिने गर्नुहुन्छ । प्रतिकिसानलाई ७० रुपियाँ प्रतिलिटर दुधको मूल्य दिने गरिएको समूहका अध्यक्ष हुमप्रसाद लामिछानेले बताउनुभयो । त्यहाँका किसानलाई १७ वटा घाँस काट्ने मेसिन, १२ वटा भकारो सुधारमा कृषि क्षेत्र विकास कार्यक्रमले सहयोग गरेको छ। यति हुँदाहुँदै पनि यहाँका किसानलाई सिँचाइको समस्या छ।सय मिटर नजिकैबाट भेरी नदी बगेको छ तर छेउमै रहेका किसानका जग्गा बाँझै छन्। उनीहरूले सिँचाइको सुविधा उपलब्ध भएको खण्डमा अझै किसान कृषि तथा पशुपालनमा अग्रसर हुने बताउँछन्।कृषि क्षेत्र विकास कार्यक्रमका सञ्चार अधिकृत रत्नबहादुर बुढाले दुध मूल्य शृङ्खलामा कृषकलाई सहलगानीका आधारमा सहयोग गरेको बताउनुभयो।सानो सानो सहयोगबाट पनि कृषकमा व्यापक परिवर्तन आएको, निर्वाहमुखी व्यवसायलाई व्यावसायिक बनाउन सहयोग गरिएको उहाँको भनाइ छ।कार्यक्रमले सहलगानीको मोडलबाट सहयोग गरेको छ ।५० प्रतिशत किसान र ५० प्रतिशत कार्यक्रमबाट सहयोग हुने गर्दछ।
३५ हजार घरधुरी लाभान्वित
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत समन्वय कार्यालय प्रमुख वासुदेव काफ्लेले कार्यक्रम कर्णालीका ५८ पालिकाका ३५ हजार घरधुरी कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो। दुध मूल्य शृङ्खला, तरकारी मूल्य शृङ्खला र बाख्रा मूल्य शृङ्खलामा विभिन्न कार्यक्रम गरिरहेको र किसान त्यसबाट प्रत्यक्ष लाभान्वित भएको उहाँको भनाइ छ ।पाँच वर्षे कार्यक्रमको यो अन्तिम वर्ष हो ।कार्यक्रमबाट एक हजार बढी समूह गठन गरी किसानलाई सङ्गठित बनाइ तरकारी कृषिउपज र प्रवर्धन गर्नु, उत्पादन भएका वस्तुको बजारीकरण गर्नु, कृषकको जीविकोपार्जनमा सहयोग गर्नुलगायतका काम कार्यक्रमबाट भइरहेको जानकारी उहाँले दिनुभयो ।यो अवधिमा भएका कार्यक्रमबाट कृषकमा व्यापक सुधार आएको दाबी गर्दै प्रमुख काफ्लेले कृषकहरू व्यवसायीकरण बन्दै गएको, दुध, तरकारीले बजार पाएको, भकारो सुधारबाट कृषक पशुपालनमा आकर्षित भएको, प्राङ्गारिक मल प्रयोगमा किसान अग्रसर बनेको, कृषक र व्यापारीबिच सम्बन्ध स्थापित जस्ता उपलब्धि हासिल भएको उहाँले बताउनुभयो।
प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार २२:४५