नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलालले पार्टी सत्ता भए पनि नभए पनि जनसवाल र जनताको केन्द्रबिन्दु बन्नु पर्नेमा जोड दिनुभएको छ।
कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस जहाँ भए पनि जनसवाल र जनताको केन्द्रबिन्दु बन्नुपर्नेमा जोड दिनुभयो।उहाँले कर्णाली विकासको लागि उज्यालो कर्णाली अभियान संचालन गरिने बताउनुभएको छ।
विकासको मुलधारबाट पछाडी परेको कर्णालीलाई विकासको मुलधारतर्फ लैजान उज्यालो कर्णाली अभियान संचालन गर्न काँग्रेस पाटी लागेको बताउनुभएको हो ।
नेपाली काँग्रेस सुर्खेतले शनिबार पार्टी कार्यालयमा गरेको कार्यक्रमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले अब कर्णालीको विकासको जिम्मा नेपाली काँग्रेसले लिने दाबी गर्नुभयो ।
कर्णालीको समस्या बुझ्न आफुहरु आएको भन्दै नेपालगञ्जबाट शुरु भएको कर्णाली यात्रा सुर्खेत हुँदै मुगु र अन्य जिल्लामा गएर सकिने बताउनुभयो ।
उहाले अब नेपाली काँग्रेस रुपान्तरण गर्नुपर्ने बेला आएको भन्दै संगठन सुदृढ गर्नको गर्दै देशलाई नयाँ गन्तव्य तर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।
यस्तै, नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपा एमालेसँग मिलेर सरकार गठन नहुने बताउनुभएको छ ।
उहाले कांग्रेसको मुख्य प्रतिष्पर्धीनै एमाले एकाले एमालेसँग सहकार्य गरेर सरकार नबन्ने बताउनुभएको हो ।
उहाले अहिले सरकार बनाउने खेलमा भन्दा कांग्रेस प्रजातान्त्रिक गठबन्धन बनाउनेतर्फ अग्रसर भएको समेत उहाले उल्लेख गर्नुभयो ।
उहाले कम्युनिष्ट पार्टीहरू आउने निर्वाचनमा ध्रुवीकरण हुने भएकाले कांग्रेसले अहिलेदेखि नै प्रजातान्त्रिक एलायन्स बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
माओवादीले धोका दिएर एमालेसँग सहकार्य गरेकाले उसँग पनि सहकार्यको संभावना नरहेको बताउनुभयो ।
उहाले अहिलेको संरचना अनुसार कुनै पनि दलको एकल बहुमत नआउने भएकाले सहकार्य र गठबन्धनको संस्कृति अनिवार्य रहेको बताउनुभयो ।
प्रकाशित मिति: २० जेष्ठ २०८१, आईतवार ०६:२२