सुर्खेतका २० हजार बालबालिकालाई पोलियो बिरूद्दको खोप लगाइने भएको छ।यही जेठ १४ देखि २५ गते सम्म २०७३ बैशाखदेखि ३०७५ असोजसम्म जन्मेका बालबालिकालाई यो खोप लगाउन थालिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।
सामान्यतया जन्मेको ६ हप्ता, १० हप्ता, १४ हप्ता र ९ महिनामा बालबालिकालाई यो खोप लगाउने गरिन्छ।तर २०७३ बैशाखदेखि २०७५ असोजसम्म खोप अभावका कारण बालबालिकालाई खोप लगाउन छुटेका थिए।
यही कारण अहिले खोप लगाउन छुटेका बालबालिकालाई मात्र खोप लगाइने भएको हो।पहिलो चरणमा भेरीगंगा नरपालिका, लेकवेशी नगरपालिका र चिङ्गाड गाउपालिकामा यही जेठ १६ गतेदेखि १८ गतेसम्म खोप अभियान सञ्चालन हुने भएको छ।
यस्तै गुर्भाकोट नगरपालिका सिम्तामा, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा र वीरेन्द्रनगर नगरपालिकामा २२ गतेदेखि २५ गतेसम्म खोप अभियान सुरू हुने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो।
आज राष्ट्रिय खोप कार्यक्रम अन्तरगत जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आयोजना गरेको “आइपीभी खोप अभियान जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरूको अभिमुखीकरण कार्यक्रममा” यस्तो जानकारी दिइएको हो।
यस्तै कार्यक्रममा युनिसेफका सीताराम रिमालले पोलियो रोग उन्मुलनको अवस्था र खोप अभियानबारे जानकारी दिनुभयो।उहाँले जुनसुकै उमेर समुहका व्यक्तिलाई पालियो रोगको जोखिम रहे ५ वर्ष मेनिका बालबालिका बढि जोखिममा रहेको बताउनुभयो।यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन।
जसका कारण रोग लाग्न नदिन खोप लगाउनु पर्ने चिकित्सकरहुले बताउने गरेका छन।करिव १४ वर्षअघि नै नेपाल पोलियो रोग उन्मुलनको घोषणा गरे पनि जोखिम कायमै छ। पोलियो संक्रमण भएका व्यक्तिलाई पक्षघात र मृत्यु समेत हुन सक्ने जोखिम रहेको नेपालले राष्ट्रिय खोप अभियानका रूपमा खोप अभियान सञ्चालनमा छन्।
विश्वमा हाल अफगानिस्तान र पाकिस्तानमा मात्रै १० जना पोलियो रोगका विरामी रहेका छन।कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रखुम गंगाराम सुनारले खोप अभियानलाई प्रभावकारी बनाउन अभिभावक, बालबालिका र विद्यार्थीमाक्ष व्यापक प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो।
खोप लगाएमात्रै पोलियो रोगबाट वचन सकिने भन्दै उहाँले २०७३ बैशाखदेखि २०७५ असोजभित्र जन्मिएका सबै बालबालिका अनिवार्य खोप लगाउन सुझाव दिनुभयो।
प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार १६:०५