कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउनु भएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावतले शपथ लिनु भएको हो
यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन्।कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित हुनु भएन।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो।
कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरेका छन् ।
सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाउनु भएको हो।
यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नु भएको ।
गत चैत २५ गते मुख्य मन्त्री बन्नु भएका कँडलेले तीन हप्तापछि मन्त्रीपरिषद बिस्तार गर्नुभएको हो।
प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार १६:०४