भाेलि सुर्खेतमा साहित्य महाेत्सव हुने भएको छ । कर्णाली प्रदेशमा भाषा, साहित्य र संस्कृतिकाे विकास र कर्णालीका बारेमा बहुआयामिक क्षेत्र र विषयमा लेखन, प्रकाशन, विमर्श र पठन संस्कृतिकाे विकास गर्ने लक्ष्यका साथ पहिलो पटक कर्णाली साहित्य महाेत्सव गर्न लागिएको हाे । साेमबार पत्रकार सम्मलेन गरेर आयाेजक संस्था फ्युचर नेपाल कर्णाली रिडर्स साेसाइटीले यस्तो जानकारी दिएकाे हाे । वीरेन्द्रनगरस्थित सिद्दार्थ हाेटेलमा हेने साहित्य उत्सवमा पठन संस्कृतिबारे बहस र विमर्श, पुस्तक प्रदर्शनी, लेखमसँग हस्ताक्षर, पढ्ने तथा लेख्ने संस्कृतिकाे विकास गर्न लेखन प्रतियोगिता र अन्य गतिविधि हेने आयाेजकले जनाएको छ । स्थानीय तह, निजी व्यवसायी र केही साझेदार संघसंस्थामा सहयोगमा महाेत्सव आयोजना गर्न लागिएको डाक्टर नवराज केसीले जानकारी दिए ।
महाेत्सवमा कर्णालीमा विषयमा लेखिएका एतिहासिक पुस्तकहरूकाे विशेष विमर्श गरिने छ । जसले कर्णालीकाे इतिहास र संस्कृतिकाे प्रर्याप्त ज्ञान हाँसिल गर्ने पाठकलाईहरूका लागि काेशिढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।सोसाइटीका अध्यक्ष डा. नवराज केसीले नेपाल भेषभूषा, रीतिरिवाज, भाषा र परम्पराको सामाजिक, ऐतिहासिक, सांस्कृति अध्ययनका लागि लेख्ने, पढ्ने संस्कृतिको विकास गर्न साहित्य महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो।
कर्णालीको भाषा, संस्कृति र साहित्यको विकास गर्न, कर्णालीका बारेमा विभिन्न विधामा लेखिएका पुस्तकहरुको खोजी, संकलन तथा प्रदर्शन गर्न, कर्णालीक सर्जक र लेखकहरुको पहिचान गरी उनीहरुको कृतिवारे चर्चा गर्न, कर्णालीवारे लेखिएका ग्रन्थ, पुस्तक, अनुसधान प्रतिवेदन, पत्रपत्रिकालगायतका सामग्रीहरुको संकलन तथा प्रदर्शन गर्न र कर्णालीमा लेख्ने, प्रकाशन गर्ने तथा पढ्ने परिपाटीलाई प्रेरित गर्न कर्णाली साहित्य महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले जनाउनुभयो।
महोत्सवमा कर्णालीवारे लेखिएका झण्डै छ सय पुस्तकहरुको प्रदर्शनी गरिनेछ भने नयाँ पुस्तकहरु पनि विमोचन गरिनेछ।यस्तै कवितामा कर्णालीका छोरीहरुले मात्र कविता वाचन गर्नेछनभने खस गजल प्रस्तुत हुनेछ।
उहाँले पठन र नेतृत्व, भाषा, साहित्य र शिक्षा, किन पढ्ने भन्ने विषयमा पनि बहस हुने डा. केसीले बताउनुभयो।यस्तै लेखक माधव चौंलागाईले कर्णालीको वारेमा लेखिएका धेरै पुस्तकहरुको खोजी भइरहेको र यसको संकलन गर्ने कार्यका साथै नयाँ पुस्तकहरु पनि बिमोचन गरिने बताउनुभयो।अव प्रत्येक वर्ष वैशाखमा पर्ने विश्व पुस्तक दिवसको दिन साहित्य महोत्सवको आयोजना गरिने सोसाइटीले जनाएको छ।
प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार १६:१५