अपाङ्गता भएका व्यक्तीहरुलाई यौन तथा प्रजनन् अधिकार सम्बन्धि प्रशिक्षक प्रशिक्षार्थी तालिम दिइएको छ।अपाङ्गता भएका व्यक्तीहरुको प्रजनन् अधिकार सुनिश्चित हुनुपर्ने भन्दै गाउँ गाउँसम्म सचेतना फैलाउनको लागि सुर्खेतको वीरेन्द्रनगरमा तालिमको आयोजना गरिएको हो।
तालिममा विभिन्न प्रकारका अपागंता भएका २५ जना व्यक्तीहरुको सहभागिता रहेको थियो।
बैशाख २ गते देखी ६ गते सम्म सञ्चालनन भएको तालिममा बौद्धिक अपगांता, मनोसामाजिक अपागंता, शारिरीक अपगंता, बहिरा र दृष्टि सम्बन्धी अपागंता भएका व्यक्तीहरुको सहभागीता रहेको थियो।पहिलो दिन मनोसामाजिक तथा बौद्धिक अपागंता भएका व्यक्तीहरुलार्इ पुर्वतयारीका बारेमा जानकारी गराइएको हो।
CBM Global Disability Inclusion को आर्थिक सहयोगमा भएको कार्यक्रमको आयोजना नेत्रहिन युवा संघ सुर्खेतले गरेको हो।तालिममा सहभागी भएकाहरुले आफुले तालिमपछि योन तथा प्रजनन् अधिकारका विषयमा जानकारी पाएको बताएका छन।उनीहरुले यौन तथा प्रजननका सम्बन्धी तालिम पछाडी धेरै कुरा सिक्न पाएको बताएका छन।
नेत्रहिन युवा संघ नेपाल सुर्खेतका उपाध्यक्ष उत्तम विकले अपाङ्गताको पहुँच लगायतका विषयमा प्रशिक्षण गरिएको जानकारी दिनुभयो।
तालिमबाट यौन तथा प्रजनन् अधिकार सम्बन्धि गाउँ गाउँमा प्रशिक्षण दिनेगरी प्रशिक्षकहरु तयार गरिएको भन्दै यसबाट प्रजनन अधिकारको बारेमा अपाङ्गता भएका व्यक्तीहरु जानकार हुने उहाले बताउनुभयो।
तालिममा सहभागिहरुलार्इ पुष्पाजोशीले प्रशिक्षण दिनु भएको हो भने परियोजनाका केन्द्रिय संयोजक निलु महर्जनले सहजिकरण गर्नुभएको हो।
समापन कार्यक्रमलार्इ सम्बोधनगर्दै वीरेन्द्रनगर नगर अस्पतालका संयोजक यामप्रसाद अधिकारीले तालिममा सिकेका कुराहरु व्यवाहारमा लागु गर्न आग्रह गर्नुभयो।नेत्रहिन युवासंघमार्तको यहि परियोजना अन्तर्गत वीरेन्द्रनगरमा रहेको अस्पतालार्इ नमुना नगर अस्पतालको रुपमा समाबेश गरिएको हो।
यसैंबीच २०७६ सालमा स्थापना भएको नेत्रहिन युवासंघ सुर्खेतले अपागंताको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ।संस्थाको स्थापनाकालदेखी नै अपागंता भएका व्यक्तीहरुको क्षेत्रमा विभिन्न सवालमा पैरवी गर्दै स्थापित हुदै आएको छ।
यौन तथा प्रजजन सम्बन्धीको परियोजना सुर्खेतसहित, बारा, काठमान्डौ र सुर्खेतमा सञ्चालन भइहरको छ।यो तालिम पश्चास २५ जना दौतरी शिक्षक तयार बनेका छन भने उनीहरुले अन्य व्यक्तीहरुलार्इ योन तथा प्रजननबारेमा जानकारी गराउने छन।कार्यक्रमको नेत्रहिन युवा संघ सुर्खेतका अध्यक्ष शेरबहादुर वलीको अध्यक्षतामा समापन गरिएको हो।
प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार १८:४०