सुर्खेत वराहाताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी जनताका समस्या बुझ्न घर–घरमा पुग्ने गर्नुभएको छ ।
विकास निर्माणको आवश्यकता मात्रै नभई जनताका हरेक समस्या बुझ्न गाउँपालिका अध्यक्ष भण्डारी जनताको घरदैलोमा नै पुग्ने गर्नुभएको हो ।
जनताका हरेक समस्य र आवश्यकतालाई समाधान गर्नेगरी काम गरिरहेको बताउँदै अध्यक्ष भण्डारीले नजिकै रहेको सरकारको अपनत्व जनतालाई बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
प्रत्येक गाउँमा हुने बिवाह, पुजामा समेत उहा पुग्ने गर्नुहुन्छ । “मलाई जनताले काम गर्न पठाउनुभएको हो, अध्यक्ष भण्डारीले भन्नुभयो, प्रत्येक जनताका समस्या र आवश्यकता पुरा गर्ने जिम्मेवारी हाम्रो हो, त्यही अनुसार मैले काम गर्छु ।”
चाडपर्वको बेला पनि उहाले जनतासँग भेटघाट र सुझाव संकलन गरेर स्थानीय सरकार अविभावक हो भन्ने जनतालाई छाप पार्न सफल हुनुभएको छ ।
चैते दशैंको अवसरमा अध्यक्ष भण्डारी जनताका समस्या बुझ्नको घरदैलोमा पुग्नुभएको छ ।
वराहाताल गाउँपालिका वडा नं ४ स्थित माथिल्लो तरंगा र तल्लो तरंगाका विभिन्न गाउँमा पुगेर जनताका समस्या बुझ्दै घरदैलो अभियान गर्नुभएको हो ।
उहाले वडा नम्बर ४ का चन्द्रिबाँध, छाप्रे, कुटा हुँदै साजघाट सम्मका टोल बस्तिहरुमा पुगेर शुभकामना आदानप्रदानसँगै जनताका समस्या र सुझाव संकलन गर्नुभएको छ ।
निर्वाचनको बेलामा मात्रै जनताको घरदैलोमा पुग्ने गरिने मान्यतालाई चिर्दै निर्वाचितपछि पनि भण्डारी घरदैलोमा पुग्न थाल्नुभएको हो ।
प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार ०७:०७