नेपाल राष्ट्र बैकंले कर्णालीका विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी अभिमुखिेकरण गरेको छ।आज राष्ट्र बैकं कर्णाली प्रदेशले वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर विधार्थीलक्षित वित्तीय शिक्षा तथा सचेतनाको बारेमा जानकारी गराएको हो ।
वित्तीय सचेतनाको कमीले पछिल्लो समय हुने ठगी, विभिन्न बैंकिङ समस्या,डिजिटल वालेट लगाएतका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको छ।साक्षरता कक्षामा वीरेन्द्रनगरका चारवटा क्याम्पसका एकसय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशले जनाएको छ।
कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धी जानकारी, राष्ट्र बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरू, बैंक तथा वित्तीय संस्थाहरुको बारेमा जानकारी, नेपाल बिमा कम्पनीले दिने सेवा र त्यसको बारेमा जानकारी गराइएको हो।
नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका प्रमुख बाबुराम कोइरालाले बालबालिका र युवाहरुदेखि नै वित्तीय साक्षरता अविवृद्धी गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।उहाँले कर्णालीमा वित्तीय शिक्षा साक्षरता सम्बन्धि गरिएको यो कार्यक्रम अहिले सम्मकै ठुलो कार्यक्रमका रुपमा रहेको जिकिर गर्नुभयो।
यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र नेपाल बिमा प्राधिकरणको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको छ।बैकं तथा वित्तीय सम्बन्धीको कार्यपत्र लक्ष्मी सनराइज बैकंका प्रदेश प्रमुख देवाकर जोशीले प्रस्तुत गर्नुभएको हो।यस्तै नेपाल विमा प्राधिकरण प्रदेश प्रमुख पदमप्रसाद सोडारीले विमा प्राधिकरणले गर्दै आएको कामबारे प्रस्तुती राख्नुभएको हो।
कार्यक्रममा राष्ट्र बैंकका सहायक निर्देशक चिनिया लामा, बैंक तथा वित्तिय संस्थाका डाक्टर सरोज टण्डन, नेपाल बिमा प्राधिकरणका पदम प्रसाद सोडारी लगायतको सहभागिता रहेको थियो।कार्यक्रमका सहभागिहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धि जानकारी गाउँगाउँसम्म पुर्याउनु पर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार १७:५६