सुर्खेतको बीरेन्द्रनगरमा ढडेल खलक भाइ समुहको बैठक सम्पन्न भएको छ।समुहका अध्यक्ष कृष्णकुमार विसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ।
नयाँ कार्यसमिति चयन भएसंगै अव भाइ समुहलाइ व्यवस्थित बनाउदै लै जाने आजको बैठकले निस्कर्ष निकालेको छ।
संस्थाका केन्द्रिय अध्यक्ष नन्दबहादुर विसीको प्रमुख आतित्थता तथा महासचिव अमृतबहादुर बुढाक्षेत्र र केन्द्रिय कोषाध्यक्ष प्रेमकुमार विसीको उपस्थीतिमा भाइ समुहको स्थापना दिवसलाइ भव्य बनाउने निर्णय गरिएको छ।
नयाँ बर्ष तथा भाइ समुहको स्थापना दिवसको अवसरमा संरक्षित क्षेत्र काँक्रेविहारमा वनभोज कार्यक्रम तथा शुभकामना आदानप्रदानको कार्यक्रम राखिएको छ।
यो कार्यक्रमले दाजुभाइ दिदिबहिनिहरु बीचको आत्मिता तथा भेटघाटको अवसरको रुपमा लिइएको छ।कार्यक्रमलाइ सम्बोधनगर्दै केन्द्रिय अध्यक्ष नन्दबहादुर बिसीले सुर्खेतमा रहेको भाइ समुहलार्इ अझ व्ववस्थित बनाएर लैजानुपर्नेमा जोडदिनुभयो।
उहाँले यो भाइ समुहबाट अन्य व्यक्तीहरुले पनि सिक्ने अवसरका रुपमा लिने गरेर काम थाल्न नयाँ नेतृत्वलाइ सुझाँव दिनुभयो।
यसैबीच ढलेल खलक भाइ समुह सुर्खेत सहित बाँके बर्दिया कैलाली सम्म शाखा गठन गरेर सञ्चालन हुदै आएको छ।
सुर्खेतमा रहेको भाइ समुहको बैठक हरेक महिलनाको पहिलो शनिवार बस्ने गरेको छ।बैठका सानो आर्थिक कारोवार समेत गरिएको छ। हाल समहुमा १९ लाख भन्दा धेरै रकम जम्मा भएको छ।


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार २०:४७