सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले उपत्यका नगर विकास समिति मातहत रहेका सार्वजनिक क्षेत्रका अस्थायी संरचना भत्काउन सुरू गरेको छ।आजदेखि नै वीरेन्द्रनगर–८ को घण्टाघरदेखि एमाले पार्टी कार्यालयसम्मका सार्वजनिक क्षेत्रमा व्यवसाय सञ्चालन गरिएका संरचना भत्काउन थालिएको हो।
सामान सारेपछि प्रहरी घेरामा सटरहरू भत्काइँदै छ।नगरपालिकाले बजार क्षेत्रका वडा नम्बर ६ र ८ मा रहेको सार्वजनिक क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई ठाउँ खाली गरिदिन दुईपटक सूचना जारी गरेको थियो।दुईपटक सम्म सूचनाको अवज्ञा गरेका व्यवसायीले बुधबार डोजर चलाएर फाल्न थालिएपछि सामान सारेका छन्।
व्यवसायीले सामान सारेर सहयोग गरेपछि भत्काउन सुरू गरिएको नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीले बताउनुभयो।यसअघि व्यवसायीहरूले आफूहरूलाई उचित विकल्पसहित उठाउनुपर्ने माग राख्दै छोड्न मानेका थिएनन्।
नगरपालिकाले वडा नम्बर बजार क्षेत्रको करिब साढे दुई बिघा सार्वजनिक जग्गा खाली गराएर पार्किङ क्षेत्र, पार्क लगायतका संरचना बनाउन खोजेको छ।नगरपालिकाले नगर क्षेत्रभित्र बनेका १ सय २५ वटा व्यवसायिक संरचनाहरू खाली गराउने छ
व्यवसायीलाई हटाएर सहरलाई व्यवस्थित बनाउने योजना निरन्तर कार्यान्वयनमा रहेको उहाँले बताउनुभयो।
नगरपालिकाले वडा नम्बर ८ मा रहेको गोदामलाइन, हङकङ बजार तथा वडा नम्बर ६ मा रहेको घण्टाघरदेखि एमाले पार्टी कार्यालयसम्मको सार्वजनिक जग्गा खाली गराएर व्यवस्थित सहरी संरचना बनाउन थालेको हो।यसअघि जग्गा खाली गराइदिन गएको असारमा नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो।
त्यसपछि गत माघ १७ गते फेरि ३५ दिने सूचना जारी गरिएको थियो।
पछिल्लो पटक जारी गरिएको सार्वजनिक सूचनाको म्याद फागुन २३ गते सकिएको थियो।
प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार १७:२९