फोहोरमैला व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिकाले उत्कृष्ट काम गर्न थालेको जनाएको छ। नगरपालिकाले अहिले दैनिक ३० टन जति फोहोर उत्पादन हुँदै आएकोमा ५७ देखि ६० प्रतिशत फोहोर कुहिने फोहोर उत्पादन हुने गरेको छ।उत्पादित फोहोर मध्ये १९ टन फोहोर अनिवार्य व्यवस्थापन गर्नुपर्ने रहेको बाध्यता छ भने बाँकी ११ टन फोहोर भने स्थानीय स्तरमै व्यवस्थापन हुँदै आएको वीरेन्द्रनगरले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिकाले सुन्दर नेपाल संस्था र एसएनभी नेपालको समन्वय पत्रकारसँग भएको दिशाजन्य लेदो र फोहोरमैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण” कार्यक्रममा यस्तो जानकारी गराइएको हो।
नगरमा प्रत्येक दिन ५ जनाको एउटा घरबाट तीनसय ग्राम फोहोर उत्पादन हुने गरेको छ भने हरेक दिन ५ ट्रक दिशाजन्य फोहोर व्यवस्थापन हुँदै आएको छ।
केही वर्ष पहिले विकास बजेटबाट फोहोर व्यवस्थापनमा खर्च गर्दै आएको वीरेन्द्रनगरले अहिले फोहोरबाट आम्दानी गर्न सुरू गरेको जनाएको छ।केही वर्ष पहिले विकास बजेटबाट फोहोर व्यवस्थान गर्नुपरेको भएपनि अहिले फोहोर व्यवस्थानमा विकास बजेट खर्च गर्नुपर्ने नरहेको वीरेन्द्रनगर नगरपालिकाका योजना तथा वातावरण शाखाका प्रमुख प्रकाश पौडेलले बताउनुभयो।
उहाँले अहिले यसबाट फोहोरबाट आम्दानी समेत सुरू भएको उहाँको भनार्इ छ।अहिले वीरेन्द्रनगर ८ को समुदायस्तरमा नै फोहोर व्यवस्थापन सुरू गरेको, वीरेन्द्रनगरको प्रगति नगरमा कौशीखेती सुरू गरिएको, करिव ३५ करोडको लागतमा वातावरण मैत्री वीरेन्द्रनगर १ तारेभिरमा दिशाजन्य फोहोरको दीगो व्यवस्थापन सुरू गरेको, कुहिने फोहोरबाट जैविक मल र ग्यास उत्पादन सुरू गरेको छ।
अस्पताल र नर्सिङ होमबाट उत्पादन हुने अर्थक्लेप सुरू गरेको सुरू गरेको, स्मार्ट शौचालय सञ्चालन गरेको लगायतका काम सुरू गरेको प्रमुख पौडेलले जानकारी दिनुभयो।यस्तै फोहोर व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै वीरेन्द्रनगरलाई नेपाल नगरपालिका संघबाट वन वातावरण तथा उत्थानशील सर्वोत्कृष्ट नगर २०७९ बाट पुरस्कृत समेत गरेको थियो।
फोहोर व्यवस्थापनमा बाधा पुर्याए, ५ सयदेखि १ लाखसम्म जरिवाना वीरेन्द्रनगरको फोहोर व्यवस्थापनलाई सहज र दीर्घकालीन बनाउन नगरपालिकाले विभिन्न कानुनहरू बनाएको छ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहन्द्र डाँगीले वीरेन्द्रनगरलाई स्वच्छ र सुन्दर नगर बनाउन जागरण अभियान र संरचना निर्माणलाई अझ तीव्रता दिइएको बताउनुभयो।फोहोर व्यवस्थापन नगरपालिका एक्लैको प्रयासले सम्भव नहुने भन्दै यसका लगि सबैले आआफ्नो क्षेत्रबाट पहल थाल्नुपर्नेमा जोडदिनुभयो।
प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार १६:४३