डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन नेपाल (डान) कर्णाली प्रदेश संयोजकमा यामबहादुर राना चयन हुनुभएको छ।वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा रानाको संयोजन समितिको सार्वजनिकरण गरिएको छ। कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलका नेता माननीय जीवनबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशका सचिव डा. नरहरी प्रसाद घिमिरेको उप्थितिमा नयाँ कार्यसमिति चयन भएको हो।
यस्तै सहसंयोजकमा हरिप्रसाद सुबेदी, सचिबमा जगत प्रसाद उपाध्याय र कोषाध्यक्षमा सुरज बिसी. चयन भएका छन।यस्तै, सदस्यमा डा. मदनमणि सापकोटा, सुस्मिता सुबेदी र सुदीप कँडेल चयन भएका छन ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय कृषि संकायका डीन विमल लालकर्ण, विश्वविद्यालयकै बिज्ञान तथा प्रविधि संकायका डीन सुदीप ठकुरी, नेपाली काँग्रेस, सुर्खेतका पूर्वसभापति कमलराज रेग्मी, नेपाल निजामति कर्मचारी युनियन, सुर्खेतका अध्यक्ष गणेश थापा, लगायत कृषि क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता प्रदेश संयोजन समितिका निवर्तमान संयोजक रबिन धितालले गर्नुभएको हो।डानको छैटो केन्द्रीय साधारण सभा यही फागुन २२ गते काठमाडौमा हुने भएको छ।
प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार १९:०१