वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रकाउ पर्नेमा कैलाली जिल्ला गौरीगंगा नगरपालिकाका बर्ष १८ का इन्द्र विक, त्यही ठाउँका बर्ष १८ का भरत भुल र भारतको उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्जका बर्ष १९ का रोहित राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।उनिहरुको बयानको आधारमा केही व्यक्ती पनि जोडिएकाले थप अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख रुपेश खड्काले बताउनुभयो।
यस्तै गौरीगंगा नगरपालिका वडा नं. २ का बस्ने बर्ष १८ को ईन्द्र बि.कको परिवर्दित नाम शंकित ब्यक्तिसँग बिगत डेढ महिना देखि हवट्स एपमा कुराकानी हुने गरेको खुलेको प्रहरी प्रमुख खड्काको भनार्इ छ।
उहाँले घट्ना २०÷२५ दिन अगाडी बि.क.र शंकित ब्यक्तिको कैलालीको अतरियामा भेटघाट भई सामान्य कुराकानी भन्दै घट्नाको सम्बन्धमा पुर्व योजना बनाएको खुलेको उहाले जानकारी दिनुभयो ।
८÷९ दिन अगाडी ईन्द्र बिक र भरत भुललाई शंकित ब्यक्तिले नेपालगञ्ज बोलाई आफुहरुसँग सुटर रहेको र सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्ने भन्दै डेढलाख दिन्छु भनि कुराकानी भएको उनिहरुले बयान दिएको उहाले बताउनुभयो।नेपालगञ्जमा शंकित ब्यक्तिले ईन्द्र बिकलाई १ नाल कटुवा पेस्तोल र २ राउण्ड गोली उपलब्ध गराएको र उनिहरुले यो घटनामा संङलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
राजपुतलाई पेस्तोल उपलब्ध गराइ दुइ लाख दिने सहमती समेत गरेको जनाइएको छ।अनुसन्धान कार्य जारी रहेको, शकितको खोजी कार्य जारी रहेको।
प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार १८:५५