अपाङ्गता भएका व्यक्तीहरुका लागि एक दिने पुनरताजकी तालिम सम्पन्न भएको छ।पश्चिम सुर्खेतको बराहताल गाँउपिलकामा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्र सुर्खेतको आयोजना,बराहताल गाँउपिलकाको सहकार्य, राष्ट्रिय जनजातीआदिवासी अपागंत महिलासंघको समन्वयन तथा युएन ओमनको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
समावेशी विकासप्रति स्थानिय सरकारको जवाफदेहीता,स्थानिय निती बजेट तथा हाम्रो अर्थपुर्ण सहभागिता भन्ने नाराको साथ कार्यक्रमको आयोजना गरिएको हो।
लैगिक उत्तरदायि बजेट तथा कार्यक्रम तर्जुमाका लागि अपागंता भएका व्यक्तीहरुलार्इ पुनरताजकी तालिमको आयोजना गरिएको हो।
कार्यक्रमलार्इ सम्बोधनगर्दै अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्र सुर्खेतका अध्यक्ष विष्णुप्रसाद भट्टराईले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।उहाँले राज्यले नि:शुल्क तालिमको व्यवस्था गर्नुपर्ने भएपनि अपागंता भएका व्यक्तीहरुले यसको लाभ लिन नसकेको बताउनुभयो।
यस्तै बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा समेटिनेहरुका लागि तालिम तथा अन्य क्रियाकलाप गर्न आफुहरु तयार रहेको बताउनुभयो।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष भुमिराज जोल्मी मगर, राष्ट्रिय अपाङ्गता महासंघका कर्णाली प्रदेशका सदस्य यामबहादुर बस्नेत सहित ३३ जना अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थित रहेको थियो।
प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार २०:५२