प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गर्न सरकारसँग माग राखेको छ।संसदिय दलको बैठकले निर्णय नै गरेर सरकारसँग संसद बैठक आह्वान गर्न आग्रह गरेको हो।
आज एमाले संसदिय दलले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो।गत असोज २२ गते रातीदेखि संसद अधिवेशन अन्त्य गरिएको थियो।
जनताको तीब्र विकासको आकांक्षा, कर्णाली प्रदेशको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नहुँदा आम जनतामा निराशा छाएको एमालेको भनाइ छ ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली सरकारको विगत एक वर्षको अवधीमा कार्य प्रगति न्यून रहेको बताउनुभयो।उहाँले बेरुजुदर उच्च रहेको भन्दै प्रदेश सरकारको गलत कामकारवाहीका कारण जनप्रतिनिधि र व्यबस्थाप्रति नै जनताले प्रश्न उठाउने स्थिति पैदा भएको आरोप लगाउनुभयो। बाइट
उहाँले सरकारलाई नीतिगत सुधार, कर्णालीको समृद्दी, सुशासन र पारदर्शिताका विषयमा पटकपटक घच्घच्याउने काम गरिरहेपनि नसुनेको बताउनुभयो।उहाँले सरकारले आफुहरुसंग गरेको सहमती कार्यान्यवन नगरेको भन्दै सरकारको काम निराशाजन रहेको रुपमा अगाडी बढेको उल्लेख गर्नुभयो।
एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले गठबन्धन सरकार जनता र प्रदेशप्रति अनुत्तरदायी भएको तथा आम जनताका आकांक्षालाई बुझ्न नसक्नुका असफलतातर्फ अघि बढेको ठहर गरेको छ।
यस्तै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पका कारण क्षति बेहोरेका पीडितहरुले अहिलेसम्म पनि प्रभवकारी ढंगले राहत, पुनस्थापना र क्षतिपूर्ति नपाएको जनाएको छ।
प्रकाशित मिति: १४ माघ २०८०, आईतवार १७:४०