सुर्खेतको वीरेन्द्रनगरमा यही माघ २६ गतेदेखि तेस्रो कर्णाली एक्सपो महोत्सव सञ्चालन हुने भएको छ।कर्णाली प्रदेशको आर्थिक समृद्धिको अभियानमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्यले सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली एक्सपो सञ्चालन गर्ने जनाएको छ।
फागुन ५ गतेसम्म तेस्रो संस्करणको कर्णाली एक्सपो आयोजनाको तयारी तिव्र पारिएको एक्सपो मूल आयोजक समितिका प्रवक्ता, प्रचार–प्रसार संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले जानकारी दिनुभयो।
उहाँले सघंले स्थापना गरेको व्यवसायी राहत अक्षय कोषमा रकम अभिवृद्धि गरी एक करोडसम्म पुर्याउने, संघअन्तर्गत रहेका वस्तुगत समितिहरूका लागि बेग्लै बैठक कक्षसहित उपकरणको व्यवस्थापन गर्ने र निजी क्षेत्र र संचार माध्यम विच आपसी समन्वय गर्दै आर्थिक क्षेत्रमा योगदान पुग्याउने पत्रकार हरूको सामाजिक सुरक्षाका लागि पाँच लाखसम्मको अक्षय कोष खडा गर्ने बताउनभुयो।
करिव ४ सय देखी ५ सय वटासम्म स्टल हुने छन् स्थानियलाई स्टलमा प्राथामिकता दिइने भएको छ।
एक्सपोलाई करिव ५ लाखले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ।
स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको छ।
देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, उर्जा, बायोग्याँस लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ।
प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार १३:३२