सुर्खेत । सुर्खेत विमानस्थल विस्तारमा सहयोगको माग गर्दै सुर्खेतका जनप्रतिनिधिहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई ज्ञापन पत्र बुझाइएको छ । बुधबार वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य हृदयराम थानी, प्रदेशसभा सदस्य यामलाल कँडेल, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, वडाध्यक्ष तथा सदस्यहरु, नेपाल उद्योग वाणिज्य संघका कोषाध्यक्ष निरक केसी, उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु लगायतको टोलिले ज्ञापनपत्र बुझाएका हुन् ।
प्रकाशित मिति: ३ माघ २०८०, बुधबार १२:५८