जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर-१०, घुस्राको १६ औं बार्षिक साधारणसभा तथा चुनावी सभाबाट दिल बहादुर थापा अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा बालकुमारी विसी, सचिवमा दिपक कुमार बुढा, कोषाध्यक्षमा दिल बहादुर विसी चयन भएका छन् ।
त्यसैगरी सञ्चालक समितिको सदस्यमा मानकुमारी चौधरी, ज्वालाकुमारी मल्ल, पूणर् बहादुर सापकोटा, सुरेश कुमार विसी, शंकर भण्डारी चयन भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समिति गणेश बहादुर थापाको संयोजकत्वमा पदमा विसी र कृष्ण प्रसाद बास्कोटा सदस्य रहेको ३ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन सुवेदीको संयोजकत्वमा राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि लक्ष्मी खड्का, जिल्ला सहकारी संघका प्रतिनिधी ढाँकाराम न्यौपाने र शिक्षक चक्र बहादुर थापाको निर्वाचन समितिले सम्पूणर् निर्वाचन प्रक्रिया पुरी गरी सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । नव निर्वाचित संचालक तथा पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक सुवेदीले सपथ ग्रहण गराउनुका साथै निर्वाचितको प्रमाणपत्र वितरण गरेका थिए । नवनिर्वाचित सञ्चालक समितिलाई सहकारीका निवर्तमान अध्यक्ष श्याम बहादुर वलीले माइनुट तथा कागजात हस्तान्तरण गरिएको थियो ।
जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर-१०, सुर्खेतले आ.व. २०७९/०८० मा कर अघिको नाफा ५३ लाख ५२ हजार २ सय ९४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । ८ करोड १८ लाख ६ हजार ४ सय ९७ रुपैयाँको कारोबार गरी उक्त रकम नाफा आर्जन गरेको हो । नाफाबाट विभिन्न कोषहरुमा रकम छुट्याएपछि सेयर सदस्यहरुलाई वितरण योग्य नाफा २८ लाख ५६ हजार ८ सय ९० रुपैयाँ छुट्याइएको जनाइएको छ ।
शुक्रबार आयोजित सहकारीको १६ औं बार्षिक साधारणसभामा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी गराइएको थियो । १ करोड ६१ लाख १३ हजार ३ सय सेयर पुँजी र ६३८ जना सेयर सदस्य रहेको सहकारीको कार्यक्षेत्र वीरेन्द्रनगर-९, १०, ११ र १३ रहेको जनाइएको छ ।
साधारणसभा उद्घाटनमा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीले स्थानीय स्तरमा घरघरमा पुगेर संकलन गरेको पुँजीलाई कर्जामार्फत उद्यम, व्यापार, व्यवसाय, कृषि उत्पादनमा बृद्धिमा योगदान पुर्याएको बताए ।
मन्त्री जिसीले भने ‘वीरेन्द्रनगरमा रहेका धेरै सहकारीहरु मध्येका एउटा नमूना सहकारीकै रुपमा आफुलाई स्थापित गर्न सफल भएकोछ । बित्तिय संस्थाप्रति नागरिकको बुझाई फरक भएको छ । यसरी समस्याको समाधान हुँदैन । वित्तिय अनुशासन र परिचालन महत्वपूणर् हुन्छ ।’
सहकारीका अध्यक्ष श्याम बहादुर वलीले प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै सहकारीले गर्ने लगानीको सिमा ५ बर्षदेखि १० बर्ष पुर्याउने र लगानीको सिमा १५ लाखबाट बढाएर २० लाख पुर्याउने प्रस्ताव गरेका थिए ।
सहकारीले सुत्केरी राहत, शेयर सदस्यका एसइइमा उत्कृष्ट अंक ल्याउने छोराछोरीलाई छात्रवृत्ति प्रदान, सेयर सदस्य मृत्यु राहत, जेष्ठ सदस्य सम्मान, संघर्षशिल महिला, उत्कृष्ट कृषक, उत्कृष्ट व्यवसायी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋण सदस्य, असल कृषक जस्ता विभिन्न विधामा सेयर सदस्यहरुलाई सम्मान गर्ने गरिएको जनाइएको छ ।
प्रकाशित मिति: २८ पुष २०८०, शनिबार २०:५६