साविक विजेता एपिएफ क्लबलार्इ हराउँदै पुलिस वीरेन्द्रनगरमा सम्पन्न ३४ औं राष्ट्रिय भलिबलको उपाधि जित्न सफल भएको छ।खुल्लामञ्चमा भएको फार्इनलमा पहिलो सेट गुमाएको पुलिसले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै एपिएफबाट उपाधि खोसेको हो।
एपिएफको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पुलिसले च्याम्पियन बनेको हो।रबिन चन्द नायक बनेको खेलमा सफल बिक पहल, गहतराज लगाएतका युवा खेलाडीको उत्कृष्ट प्रर्दशनसंगै पुलिसले समूह चरणमा व्यहोरेको हारको बदला पनि लिएको छ।उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ।यसैगरी व्यक्तिगत पुरस्कारमा पनि पुलिसकै खेलाडिको वर्चस्व रहेको छ।
पुलिसका मुख्य स्पार्इकर रबिन चन्दले सर्वोत्कृष्ट खेलाडी र पहल गहतराज उदियमान खेलाडीको पुरस्कार पाउनु भएको छ।यस्तै पुलिसकै इम रानाले उत्कृष्ट सेटर, रबिन नगरकोटीले उत्कृष्ट ब्लकर, भिम गाहा लिवेरो र प्रशिक्षकमा पनि पुलिस चन्द्र कुँवर उत्कृष्ट बन्नु भएको छ।यस्तै एपीएफमा हेमन्त मल्ल उत्कृष्ट स्पार्इकर र गन्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिनु भएको छ।
यस्तै आज भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेस तेस्रो भएको छ।आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो।
जितसँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ।पहिलो सेट २५–२२ जितेको गन्डकीले निकै प्रतिस्पर्धात्मक बने दोस्रो सेट २४ –२६ ले गुमाउन पुग्यो।
यस्तै निकै रोमान्चक बनेको तेस्रो २६–२४ जितेको गण्डकीले चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै समूह चरणमा व्यहोरेको हारको बदला लिन सफल भयो।
गण्डकीले समूह चरणमा आर्मीसँग ३–शून्यको सोझो सेटमा हार भोगेको थियो।गत २० गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।
राष्ट्रिय भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा तथा कर्णाली प्रदेस सरकारको आर्थिक सहयोगमा प्रतियोगिता संचालन भएको हो।
प्रतियोगिताको विजेताले एकलाख पाउदाँ उपविजेता बनेको एपिएफले ५० र गण्डकीले २५ हजार पाएका छन।
प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार १७:११