कर्णालीको विकट क्षेत्र भएर पनि पछिल्लो समय सुर्खेत अस्पतालमा सेवाग्राहीको चाप बढ्न थालेको छ ।बिगत १२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउँदै आएको यस सुर्खेत अस्पतालले बिरामी गुणस्तरीय सेवा संँगै बिरामी मैत्री भएर काम गर्दै आएको छ । सबै बर्ग र सहुलियत शुल्कमा गुणस्तरीय सेवा दिन थालेपछि अस्पताल सेवाग्राहीको आकर्षण बढ्दै गएको हो ।
स्थानीय तथा कर्णाली प्रदेशका अन्य जिल्ला बाट उपचारमा आउने बिरामिका लागि स्वास्थ्य सेवा दिने लक्ष्यका साथ सुर्खेत अस्पतालको स्थापना गरिएको हो ।
अस्पताल प्रबन्ध निर्देशक रवि सापकोटाले नीजि अस्पताल भएपनि जुनसुकै वर्गका मानिसहरुको स्वास्थ्यको पहुँच पुर्याउने उद्धेश्यका साथ अस्पतालको स्थापना गरिएको बताउनु भयो । १५ जनाको समुहबाट शुरु भएको यस अस्पतालमा हाल १५ बेड क्षमता र ५० भन्दा बढी कर्मचारी र स्वास्थ्यकर्मीले सेवा दिदै आएका छन ।
अस्पतालका प्रबन्धक भक्तबहादुर शाहीका अनुसार ८० जनाको संख्यामा बिरामीहरु ओपीडी उपचारका लागि आउने गरेका छन् भने ४–५ जना को हाराहारीमा बिरामीहरु आकस्मिक कक्षमा उपचारका लागि आउने गरेका छन् । गर्मीको समयमा भने बिरामी संख्या बढ्दा बेड अभावको स्थिति समेत आउने गरेको शाहीले बताउनु भयो ।
स्थापना कालदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि काम गरिरहेको यस अस्पतालले मध्यम शुल्कमा स्तरीय सेवा दिइरहेको छ । विस्तारै अस्पतालले बढाउँदै गएको विशिष्टीकृत उपचार सेवालाई केन्द्रित गर्दै विशेषगरी यस क्षेत्रका मानिसहरुले सुर्खेत अस्पताललाई स्वास्थ्य सेवाका भरपर्दो गन्तव्य बनाउँदै आएका छन् ।
‘स्वास्थ्य संस्थाहरुले दिने स्वास्थ्य उपचार प्रायः एकनासको नै हुने गर्छ तर चिकित्सकको अध्ययन अनुसन्धान तथा अनुभवले त्यस अस्पतालले दिने स्वास्थ्य सेवा कस्तो हुन्छ भन्ने निर्धारण गर्छ ।’उहांँले भन्नुभयो ।
कुनै पनि अस्पतालको भौतिक संरचनासँग स्वास्थ्य सेवा सम्बन्धित हुँदैंन । विशेष गरी यस क्षेत्रका मानिसहरुको रोजाईमा करिब एक दशकदेखी सुर्खेत अस्पताल परेको हो । लामो समयसम्म अस्पताल यहाँ रहन सक्नुको मुख्य कारण अस्पताल तथा कार्यरत कर्मचारीहरुले बिरामी प्रति गर्ने आत्मीय शिष्ट व्यवहार नै हो ।
फिजियोथेरापी सेवा शुरु गर्दै
सुर्खेत अस्पतालले फिजियोथेरापी सेवा सुरु गर्न लागेकाे छ । फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुने अस्पतालले जनाएकाे छ । तयारी पुरा भएकाले यही माघबाट सेवा सञ्चालन गनेे अस्पतालले बताएकाे छ।
यस्ता छन अस्पतालका सेवाहरु :
सातै दिन ओपिडि सेवा
२४ घण्टा इमर्जेन्सी सेवा
२४ घण्टा फार्मेसी सेवा
रंगिन भिडियो एक्सरे
डिजीटल एक्सरे, मुटुको भिडियो एक्सरे
अप्रेशन सेवा
नाक कान घाँटी तथा अन्य विशेषज्ञ सेवा
व्यवस्थित वाड, क्याबिन (एसि,डिलक्स)
ल्याप्रोस्कोपिक सर्जरी
फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसुति,जनरल सर्जरीका बिरामी सुर्खेत बाहिर बिशेष गरि नेपालगन्ज, काठमाडौ र भारतका विभिन्न ठाउँ जानु नपर्ने गरि सस्तो र सहुलियत शुल्कमा प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ कन्सलटेन्ट डाक्टरबाट उपचारको व्यवस्था गरिएको छ । साथै वरिष्ठ अर्थोपेडिक सर्जन डा.विकास केसीद्धारा हाडजोर्नी सम्बन्धी जटिल शल्यक्रिया समेत गरिन्छ । साथै आगामी दिनमा बाल रोग, नाक कान घाँटी, छाला तथा यौन रोग, मनोचिकित्सक विशेषज्ञ समेतको सेवा पाईने छ ।
सञ्चालक समितीको चाहना भने मध्यम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने रहेको छ । भविष्यमा अस्पताललाई सुपर स्पेस्यालिटी सेवा प्रदान गर्ने अस्पतालको रुपमा विस्तार गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल सधै प्रयासरत रहने निर्देशक सापकोटाले बताउनु भयो ।
प्रकाशित मिति: २५ पुष २०८०, बुधबार १८:४५