करिब एक दशकदेखि अलपत्र रहेको तेलपानी भुरीगाउँ जोड्ने रानीघाट पुल निर्माण प्रक्रिया अघि बढाउन पहल थालिएको छ।सुर्खेत क्षेत्र नम्बर दुर्इका सांसद हृदयराम थानी,सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजन प्रमुख खुमबहादुर भन्डारी परामर्शदाता कम्पनीका प्रतिनिधिको चिरन्जिवी आर्चार्य लगाएतको उपस्थितिमा रानीघाटमा भएको सरोकारवालाको बैठकले यसलार्इ अघि बढाउन दुर्इ बुँदे निर्णय गरेको छ।
परामर्शताको प्राविधिक सहितको टोलीले आजबाट काम थालेको डिभिजन प्रमुख भन्डारीले बताउनु भयो।बैठकले अहिलेसम्म निर्माण भर्इरहेको पुलको प्राविधिक मूल्याँकन गरि उपयुक्त परामर्श दिने र पूल निर्माणमा भएको ढिलार्इले पर्न गएको सामाजिक र आर्थिक प्रभावको बिश्लेषण गर्ने निर्णय गरेको छ।टोलीले स्थलगत अध्यन गरी पुल निर्माण प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे प्रतिवेदन बुझाउने र त्यहि अनुसार काम अघि बढ्ने उहाँको भनार्इ छ।
प्राविधिक टोलीले यो ठाउँमा पुल बन्न नसक्ने अवस्थामा रहेमा यसको विकल्पबारे पनि अध्यन गर्नेछ।प्राविधिक जटिलता लगाएतको कारण देखाउँदै निर्माण व्यवसायीले खरिद सम्झौता भएको १० वर्षसम्म पक्की पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले रानीघाटस्थित भेरी नदीमा ‘फेरी’ जडानको काम सुरु गरेको छ।नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण हुन कम्तीमा तीन वर्ष लाग्ने भन्दै ‘फेरी’ संचालन गरिएको हो।
सडक डिभिजनले सम्झौता अनुसार म्याद थप भइसक्दा समेत निर्माण कार्यसम्पन्न गर्नतर्फ चासो नदिने, पटक–पटक ताकेता गर्दा अटेरी गरी निर्माणकार्यलाई अलपत्र पारेपछि रानीघाट पक्की पुलको ठेक्का तोडेको थियो।
पुल निर्माण गर्न सडक डिभिजन र पप्पु÷मल्ल जेभीबीच विसं २०६९ असार २९ गते सम्झौता भएको थियो।वीरेन्द्रनगरदेखि रानीघाट हुँदै बर्दिया–सुर्खेत आउजाउ गर्न यो छोटो दूरी रहेको छ।
रानीघाट–तेलपानी बर्दिया सडकको ट्रयाक खुलिसकेको भएपनि पुल नहुँदा यातायात सेवा संचालन हुन सकेको छैन।सुर्खेत रानीघाट–तेलपानी बर्दिया सडकलाई सुर्खेत, बर्दिया र कैलाली जिल्ला जोड्ने दुर्त मार्गका रूपमा पनि लिर्इएको छ।रानीघाटमा पुल नहुँदा बर्दियाबाट कोहलपुर–बबई–छिञ्चु हुँदै लामो दूरी पार गरी सुर्खेत आउनुपर्ने बाध्यता छ।
प्रकाशित मिति: २५ पुष २०८०, बुधबार १६:४७