सुर्खेतको वीरेन्द्रनगमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमीफार्इनल समीकरण पूरा भएको छ। भोली बिहान साढे १० बजे हुने पहिलो सेमीफार्इनलमा समूह एको विजेता सशत्र प्रहरीको एपीएफ क्बल र गन्डकी प्रदेश भिड्ने छन। साविक विजेता समेत रहेको एपिएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजा सहित १२ अंक जोड्दै समूह विजेता बनेको हो।
गन्ड्की भने समूह चरणमा तीन खेल जित्दा विभागिय टोली त्रिभुवन आर्मी क्लबसंग पराजित भएको हो। भलिबलमा गडन्की निरन्तर रुपमा विभागिग टीमलार्इ चुनौति दिदै आएको छ। यसैगरी भोली दिउँसो एक बजे हुने दोस्रो सेमीफार्इलमा समूह एको विजेता आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबसंग खेल्नेछ। आर्मी समूहका सबै चार खेलमा जित दर्ता गर्दै अपराजित रहेर सेमीफार्इल पुगेको हो। पुलिस भने समूह चरणमा अर्को विभागिय टोली एपिएफसंग पराजित भएपछि उपविजेताका रुपम ९ अंक सहित अन्तिम चारमा पुगेको हो ।
साविक विजेता सशत्र प्रहरीको एपिएफ क्लब सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा समूह एको विजेता बन्दै सेमीफानल पुगेको हो। समूह चरणको आप्नो अन्तिम खेलमा बागमति प्रदेशलार्इ तीन शून्यको सोझो सेटमा हराउँदै एपिएफ अपराजित रहेर अन्तिम चारमा पुगेको हो। एक पक्षिय खेलमा एपीएफले वागमतिलार्इ २५–७,२५–१८ र २५–१३ ले सहजै पराजित गरेको हो। लगातार चार सहित एपिएफले १२ अक जोड्दा वागमतिले भने जितको स्वाद चाख्न पाएन ।
यसैगरी यहि समूहको अर्को खेलमा नेपाल पुलिसले कोशी प्रदेशलाई ३-शून्यकै को सोझो सेटमा पराजित गरेको छ। पुलिसले कोशीलाई २५-१५,२५-१९ ले हराउँदै सेमीफार्इनलमा आर्मीसंगको भिडन्त पक्का गरेको हो। यसैगरी समूह बीको विजेता बन्ने क्रममा आर्मी मधेस प्रदेशलाई ३–शून्यकै सोझो सेटमा हराएको छ।
पहिलो सेट २५–२० ले जितेको आर्मीले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१४ ले जित्दै अपराजित यात्रा जारी राखेको हो। आर्मीले समूह चरणका चारै खेल जितेर १२ अंक जोड्दा मधेश एक खेल जितेर दुर्इ अंक मात्र जोडेको मधेश भने घर फर्किन बाध्य भयो।
यसैगरी समूह चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलार्इ तीन शून्यकै सोझो सेटमा हराउँदै गन्डकी प्रदेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो। गन्डकीले समूह चरणका तीन खेल जितेर ९ अंक जोड्दा एक खेलमात्र जितेको घरेलु टोलीले भने तीन अंकमा चित्त बुझायो।
प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार १७:४०