विभागिय टोली नेपाल पुलिस क्लबले सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।उपाधि दाबेदार मानिएको बाग्मतीलार्इ पुलिसले तीन शून्यको सोझो सेटमा पराजित गरेको हो। पुलिसले बागमतीलाई २५-१०, २५-१३ र २५-१७ ले हराएउदै हराउँदै ६ अंक सहित समूह एको शीर्ष स्थानमा कायम रहेको छ।
समूह ए मा बागमतीले भने लगातार तेस्रो हार बेहोरेको हो।समुह ए मा रहेको बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो।
एपिएफसँग मंगलबार हुने अन्तिम खेल अघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको छ।यस्तै दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएको छ।
गण्डकीले मधेशमाथि २५-११, २५-१९,२५-१३ को जित निकालेको हो ।समूह ‘बी’मा गण्डकी र मधेश दुबैले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएका थिए।
अंक तालिकामा गण्डकीको ६, त्रिभुवन आर्मी क्लबको र कर्णालीको समान ३ , मधेशको २, सुदूरपश्चिमको १ अंक छ।यस्तै आजै एपिएफ र लुम्बिनी तथा आर्मी र सुदूर पश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।यसैगरी एक/एक खेल खेलेका विभागिय सशत्रको एपिएफ र त्रिभुवन आर्मी क्बलले शतप्रतिशत नतिजा निकालेका छन।
प्रकाशित मिति: २२ पुष २०८०, आईतवार १३:०८