घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।आज भएको आफ्नो दोस्रो खेलमा कर्णालीले मधेस प्रदेशलार्इ तीन शून्यको सेटमा हराउँदै तीन अंक जोड्न सफल भएको छ।
पहिलो सेट २५-२०ले जितेको कर्णालीले दोस्रो सेट , २५-२१ र तेस्रो सेट २५-१७ ले जितेको हो।कर्णाली पहिलो खेलमा कर्णाली आर्मीसँग ३ सुन्यको सोझो सेटमा पराजित भएको थियो भने मधेशले सुदूरपश्चिम प्रदेशलाई ३-२ को सेटमा हराएको थियो।
आजै भएका खेलमा कोशीले बाग्मतीलार्इ र नेपाल पुलिस क्लबले लुम्बिनीलार्इ समान ३-शून्यको सेटमै हराएका छन।यसैगरी गन्डकीले प्रदेश पनि विजयी सुरुवात गरेको छ।आज भएको अन्तिम खेलमा गन्डकीले सुदुरपश्चिमलार्इ चार एकको सेटमा हराउँदै पूरा तीन अंक जोड्न सफल भएको छ।
गन्डकीले लगातार दुर्इ सेट जित्दा तेस्रो सेट जित्दै सुदुरले खेलमा फर्कने प्रयास गरेपनि रोमान्चक बनेको चौथो सेट गुमाएपछि अंक जोड्ने मौंका गुमाउन पुग्यो।भलिबलमा खेल हारेपनि कम्तिमा दुर्इ सेट जितेमा एक अंक जोड्न सकिन्छ।
प्रतियोगितामा दुर्इ/दुर्इ खेल खेलेका कर्णाली,लुम्बिनीले र मधेशले एक खेल जित्दा एक खेल हारेका छन भने वागमति र सुदुरपश्चिमले लगातार दुर्इ खेल हारेका छन।यसैगरी एक खेल खेलका गन्डककी प्रदेशका साथै तीन वटा विभागिय टोली पुलिस क्लब, सशत्रको एपिएफ र त्रिभुवन आर्मी क्बलले शतप्रतिशत नतिजा निकालेका छन।
भोली तेस्रो दिन पनि चार
प्रतियोगितामा भोली तेस्रो दिन पनि चार वटै खेल हुनेछ।भोली बिहान साढे आठ बजे हुने भनिएको पहिलो खेलमा बागमतिले विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ।यस्तै दोस्रो खेलमा साढे १० बजे हुने दोस्रो खेलमा गन्डकी र मधेश प्रदेश भिड्ने छन भने तेस्रो खेलमा विभागिय टोली एपिएफ र लुम्बिनी भिड्ने छन।
भोली हुने चौथो तथा अन्तिम खेलमा सुदुरपश्चिम प्रदेशले विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।सहभागि तीन विभागिय र सात प्रदेश गरि १० टोलीलार्इ दुर्इ समूहमा विभाजन गरिएको छ।
समूह एमा दुर्इ विभागिय टोली नेपाल पुलिस क्लब र सशत्र प्रहरीको एपिएफका साथै लुम्बिनी कोशी प्रदेश वागमति प्रदेश रहेका छन। यसैगरी समूह बीमा कर्णाली सुदुरपश्चिम गन्डकी र मधेश प्रदेशका साथै विभागिय टोली नेपाल आर्मी क्लब रहेका छन।
प्रकाशित मिति: २१ पुष २०८०, शनिबार १७:१०