कर्णाली प्रदेशबाट वैदशिक रोजगारीमा जानेको संख्या ३ प्रतिशत रहेको तथ्याकं सार्वजनिक भएको छ।सुर्खेतको बीरेन्द्रनगरमा भएको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी कानुनी व्यवस्था कार्यक्रमका यस्तो तथ्याकं सार्वजनिक गरिएको हो।
प्रदेशका ३ दशमलव २ प्रतिशत नागरिक वैदशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेको जनाइएको छ।यस्तै कर्णालीका नागरिक देश बाहिर रहनेको संख्या ६ लाख ७ हजार ५ सय ८२ रहेको छ पाइएको छ।७१ प्रतिशत अर्थात ४ लाख ८ हजार २ सय १४ भारतमा जाने गरेको तथ्याकं रहेको छ।
राष्ट्रिय आर्थिक गणना २०७५, राष्ट्रिय जनगणना २०७८, नेपाल श्रमीक बसाइसराइ प्रतिवेदन २०२०, संयुक्त टेड्र युनियन महासंघ परिषद र नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रतिवेदनमा यस्तो उल्लेख रहेको छ।
बाहिर जानेमा ७० प्रतिशत कृषि मजदुर रहेका छन भने फर्केका मध्ये ३१ दशमलव ४ प्रतिशत रोजगारीमा संलग्न रहेको पाइएको छ।यस्तै कर्णाली प्रदेशमा ४२ हजार उद्योग प्रतिस्ठानमा एक लाख १८ हजार बढिले काम गरिरहेको पाइएको छ।प्रदेशमा ४८ दशमलव ८ प्रतिशत उद्योगहरु दर्ता भएका छन भने ५१ दशमलव २ प्रतिशत दर्ता नभएको विभिन्न अध्ययनको तथाङकले देखाएको छ।
सुरक्षा मापदण्ड नअपनाउदा श्रमिकहरु ज्यान गुमाउन बाध्य
कामगर्दा सुरक्षा मापदण्ड अपनाउन नसक्दा श्रमिकहरुले अनाबश्यक रुपमा ज्यान गुमान बाध्य भएको सरोकारवालाहरुले बताएका छन।उनीहरुले कार्यस्थलमा भवन निर्माण,मेसिनरी औजारहरुकव सुरक्षित प्रयोग र व्यवस्थापन गर्न आग्रह गरेका छन। श्रमिकहरुले आवश्यक सुरक्षा उपकरणहरु हेल्मेट,माक्स,ग्लोभ्स विना नै जोखिमयुक्त काम गर्न बाध्य भएको पाइएको छ।
कार्यस्थलमा स्वास्थ्यका लागि हानीकारक धुलो, धुँवा र रसायन पदार्थ जस्ता उत्पन्न हुनेभएकाले सुरक्षाका उपया नअपनाउदा समस्या हुने गरेको जनाइएको छ।यस्तै कार्यक्रममा सहभागीहरुले टेड्रयुनियनहरुको भुमिका प्रभावकारी बनाउन पर्नेमा जोडदिएका छन।
उनीहरुले श्रमिक र रोजगारदाताबीचको सम्बन्धलार्इ मजबुत बनाउनुपर्ने भन्दै सुरक्षाका उपकरण र आधारभुत पुर्वाधारको माग गरेका छन।उनीहरुले सरकारले सुरक्षा सामग्रीको सुनिश्चित गर्नुपर्ने, दुर्घटनाहुदाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन।रोजगारदाताले प्रत्येक श्रमीकको कम्तीमा ७ लाख बराबरको दर्घटना बीमा गराउनुपर्ने कानुनी प्रावधान रहेपनि त्यसो हुन सकेको छैन।
कार्यक्रमलार्इ सम्बोधनगर्दै श्रम तथा रोजगार कार्यालय सुर्खेतका निमित्त प्रमख श्रीसम्सेर रानाले श्रमिकहरुका हक अधिकार सुनिश्चित गर्न सबैएक भएर लाग्नुपर्नेमा जोडदिनुभयो।उहाँले प्राविधिक जनशक्तिकको अभावकै कारण श्रमिकका क्षेत्रमा धेरै काम गर्न नसकेको भन्दै अनुगमनको पाटोलार्इ प्रभावकारी रुपमा सञ्चालनगर्ने बताउनुभयो।कार्यालयका सुचना अधिकारी सुनिता कुमारी दर्लामीले व्यवसायी र सुरक्षा स्वास्थ सम्वन्धीको नीतिका बारेमा प्रस्तुतिकरण गर्नुभएको हो।
उहाँले श्रमिकप्रति रोजगारदाताको कर्तब्य, सुरक्षा तथा स्वास्थ्य समिति गठन, श्रम नियमावलीमा व्यवसायजन्य सुरक्षाका व्यवस्थाका बारेमा जानकारी दिनुभएको हो।यसैबीच कार्यक्रममा श्रमिक अधिकारकर्मी गणेशकुमार कार्कीले कार्यस्थलमा स्वास्थ्य र सुरक्षा कसरी गर्ने, कर्णाली प्रदेशमा स्थापना भएका प्रतिष्ठनहरुको अवस्था, औद्योगिक उत्पादन क्रियाकलाप लगायतको बारेमा प्रस्तुतिकरण दिनुभएको हो।
अधिकारकर्मी कार्कीले गर्नु कार्यस्थल असुरक्षित रहेको भन्दै स्वास्थ्य सम्बन्धीका मापदण्ड नअपनाउदा घाउ, चोट लाग्ने नशा तथा मानसिक समस्या धेरे पाइएको बताउनुभयो।उहाँले सरकारी निकायले अनुगमन गरी कार्यान्यवन गराउन नसकेको जिकिर गर्नुभयो।
प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार १८:४४