अपागंताको क्षेत्रमा कामगर्दै आएको परिलक्षित संस्थाले गरेका काम प्रभावकारी बन्दै गएको पाइएको छ।संस्थाले आज सुर्खेतको भेरिगंगा नगरपालिकामा गरेको सामाजिक परीक्षण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन।उनीहरुले परिक्षित संस्थाको सहयोगमा आफुहरुको जिवन परिवर्तन आएको बताएका छन।
यसैबीच संस्थाले आर्थिक बर्ष २०७९/२०८० मा १५० जना सेवाग्राहीहरु आर्थिक क्रियाकलापमा संलग्न भएकामध्ये २८ जनाले रोजगारी पाएका जनाइएको छ।
यस्तै १२२ जनाले व्यवासायहरू संचालन गरेर परिवारको दैनिक घर खर्च, बालवालिकाको शिक्षा, स्वास्थ्योपचार लगायत आधारभूत आवश्यकता परिपूर्तिमा सहयोग पुप्याएको पाइएको छ।यसैगरेर १९४ जना विधार्थीहरुले छात्रवृद्धति प्राप्त गरेर विधालयस्तरदेखि स्नातकोतर तहसम्म अध्ययन गर्न सफल भएको पाइएको छ।
यस्तै १५७ जना अपागंता भएका विधार्थीहरु र ३७ जना सीमान्तकृत तथा न्युन आयस्तर भएका विधार्थीहरु रहेको परिलक्षितले जनाएको छ। संस्थाले २१ जना अपागंता भएका विधार्थीहरुले लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षाको लागी सहयोग गरेका मध्ये २ जना विद्यार्थीले मावि तहको लाइसेन्स प्राप्त गर्न सफल हुनुभएको जनाइएको छ।त्यसैगरी १० जना अपाइता भएका व्यक्तिहरूलाई आधारभूत तथा एडभान्स कम्युटर तालिममा सहयोग गरिएको जसमध्ये १ जनाले रोजगारी प्राप्त गर्नुभएको छ।
त्यसैगरी १५ जनालाई खुद्रा पसल सचालनको लागि ४७ जनालाई बाखा/भेडा पालन, १२ जनालाई बगुर पालनमा १४ जनालाई सिलाई मेसीनसहित सिलाई तालिम १३ जनालाई रिपेयरिङ तालिम २ जनालाई व्युटीपार्लर तालिम, १४ जनालाई हाउसकिपिङ तथा वाटर तालिम ५ जनालाई क्यान्डल बनाउने तालिम, ६८ जनालाई यौन तथा प्रजनन स्वास्थ्य र सरसफाई सम्बन्धी तालिम र १५ जना शिक्षकहरूलाई बहिरा शिक्षण सम्बन्धी तालिम प्रदान गरियो।शैक्षिक सहयोग मार्फत अपाङ्गता भएका विद्यार्थीहरूको जीवन परिवर्तन गर्ने लक्ष्यका साथ, छात्रवृत्ति कार्यक्रम २००६ मा यस संस्था द्वारा सुरुवात गरिएको थियो।
यस्तै वीरेन्द्रनगर नगरपालिकामा सिद्ध बहिरा बालकको विद्यालयमा शिक्षक तालिम,सिद्ध बहिरा बालकको विद्यालयमा पोषण सहयोग, सिद्ध बहिरा बालकको विद्यालयमा फर्निचर सहयोग, त्रिपुरेश्वर विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण हुदै, श्रीकृष्ण संस्कृत र साधरण माध्यमिक विद्यालयमा पुस्तकालय सहयोग, गरिएको सामाजिक लेखा परिक्षण कार्यक्रममा जानकारी दिईएको छ।
यसैबीच कार्यक्रमलार्इ सम्बोधनगर्दै भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले परिलक्षित संस्थाले सरकारले गर्नुपर्ने काम गरेको भन्दै यसको उपलब्धीलार्इ स्थानिय पालिकाहरुले पनि सिको गर्नुपर्ने औल्याउनुभयो।उहाँले संस्थाको सहयोगमा अपागंता भएका व्यक्तीहरुले विभिन्न सिपमुलक कामसंगै आम्दानी गर्न सक्षम बनेकोमा खुशी व्यक्त गर्नुभयो।
यस्तै गुर्भाकोट नगरपालिकका उपप्रमुख मैना विकले नगरपालिकामा थोरै बजेट भएकाले कतिपय काम गर्न नसकेको भन्दै परिलक्षितसंग मिलेर काम गर्ने जानकारी दिनुभयो। उहाँले परिलक्षित संस्थाकै सहयोगमा आफ्नो पालिकामा रहेका अपागंता भएका व्यक्तीहरुको जिवन निर्वाह गर्न समेत सहज बनेको उल्लेख गर्नुभयो।
यता भेरीगंगा नगरपालिका उप्रमुख धनसरा बोहोराले आगामी दिनमा अपाङ्गता हक हितमा प्रभावकारी काम गर्न स्थानिय पालिका र संस्थाको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।परिलक्षित संस्थाका कार्यकारी निर्देशक सुर्यबहादुर थापाले उहाँले छात्रवृत्ति पाएर आफ्नो अध्ययन पुरा गरिसकेपछि हालसम्म सरकारि, गैरसरकारी संस्था तथा अन्य संस्थामा अपांगता भएका व्यक्तिहरूले रोजगारी पाएर आत्मनिर्भर बनेको तथ्य प्रस्तुत गर्दै यसमा खुसी व्यक्त गर्नुभयो।
उहाँले कर्णालीमा अपागंता भएकाहरुको सेवागर्न पाउनु आफुहरुको गौरवको विषय भएको भन्दै आगामीदिनहरुमा अझ नयाँ जोश र जागरका साथ काम थाल्ने प्रतिबद्धता जनाउनु भयो।यसैबीच संस्थाले गरेका गतिविधि सहितको सामाजिक परीक्षण सहितको प्रतिवेदन विनोद प्रकाश लुहारले गर्नु भएको हो।
कार्यक्रममा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिका अपगता भएका व्यक्तीहरु नगरपालिका प्रमुख प्रशासकिय अधिकृत,अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।
संस्थाले अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत मानिसहरू र आवश्यकतामा परेका बालबालिकाको अधिकारलाई जनचेतना अभिवृद्धि, वकालत, शिक्षा मार्फत प्रवद्र्धन गर्न काम गर्दै आएको छ।
प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार १७:५०