निजी क्षेत्र बलियो भयो भने मात्रै आर्थिक समृद्धि हुने कर्णालीका व्यवसयीहरुले बताएका छन।आज सुर्खेत उद्योग वाणिज्य संघको ४० औ वार्षिक साधारणसभा सहभागी व्यवसायीहरुले सरकारले निजी क्षेत्रमा लगानी गर्न नसक्दा आर्थिक संकट भएको बताएका छन।
उनीहरुले तरलता अभाव तथा बढ्दो बैकिङ्ग व्याजका कारण निजी क्षेत्रका व्यवसायीहरु समस्यामा परेको बताएका छन।
व्यवसयीहरुले अहिलेको अवस्थामा व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको भन्दै बैकंले ताकेता नगरी केही समयका लागि सहुलियत दिन आग्रह गरेका छन।बजारहरुमा मन्दी छाएकाले व्यापारीलाई मर्नु र बाँच्नको अवस्था रहेकाको उनीहरुले गुनासो गरेका छन।
व्यापारीहरु अहिले टिक्न सक्ने अवस्थामा नरहेको भन्दै बैकंले ब्याजदर नघटाए आफुहरु आन्दोलन गर्ने समेत चेतावनी दिएका छन।
यस्तै कार्यक्रमलार्इ सम्बोधनगर्दै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य समस्या गरिबी भएको भन्दै पर्यटकीय क्षेत्रमा बिकास गरी यहाँको समृद्धि गरिने बताउनुभयो।मुख्यमन्त्री शर्माले शिक्षा स्वास्थ्य र रोजगार सुशासन सहित पुर्बाधार निर्माण गरे कर्णाली समृद्धि हुने दावी गर्नुभयो।उहाँले भन्नुभयो आयातलाई प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ। कर्णालीमा बन पैद्वार र कृषि नै उपयुक्त छ । मुख्यमन्त्री शर्माले निजि क्षेत्र ,सहकारी र राज्य मिलेर बिकास गर्न सकिने भएकाले तीन खम्बे अर्थनितिलाई आत्मसात गरेको बताउनुभयो । उहाले भन्नुभयो एक्ला एक्लै होईन मिलेर बिकास,समृद्धि र रोजगारी सृजना गर्न सकिन्छ। प्रदेश सरकार साथमै छ। कर्णाली प्रदेश पछिपरेको प्रदेश होईन पछि पारिएको प्रदेश हो ।
यस्तै कर्णाली प्रदेश प्रतिपक्षदलका नेता यामलाल कँडेलले विकास निर्माणमा सबैको साथ आवश्यक रहने उल्लेख गर्नुभयो।
उहाँले अहिले विकासका नाममा व्यक्ती केन्द्रित हुने परिपाटी हावी भएको उल्लेखगर्दै यसलार्इ निराकरण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।यस्तै कर्णाली प्रदेशका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण विसीले कर्णालीलार्इ लगानिमैत्री बनाउन सरकारले विभिन्न क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्नुभयो।
उहाँले निजीलार्इ उद्योग सञ्चालनको लागी लगानी आग्रहगर्दै प्रदेश सरकारले लगानीको वातारवरण तयार गरिरहेको बताउनुभयो।मन्त्री विसीले निजीलार्इ प्रोत्साहनगर्ने गरी सरकारले निती तथा कार्यक्रममै समेटेको भन्दै यसकालागि बजेटको समेत व्यवस्थापन गरिकएको बताउनुभयो। यसैबीच कार्यक्रमलार्इ सम्बोधनगर्दै नेपाल राष्ट्र बैकं कर्णाली प्रदेशका प्रमुख वावुराम कोइरालाले अर्थतन्त्र विस्तारै सुधारहुदै गएकाले बताउनुभयो।उहाँले व्यवसायी र बैकंहरुबीचको सहकार्य आबश्यक रहेको भन्दै अव व्यवसयीहरुका समस्या विस्तारै समाधानहुदै जाने बताउनुभयो।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सम्रग सुर्खेतको विकासको लागि तिनैतहका सरकार र निजीक्षेत्र विच हातेमालो हुन आवश्यक रहेको औल्याउनुभयो।
यस्तै नेपाल उधोग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैधले निजी क्षेत्र बलियो भयो भने मात्रै अर्थतन्त्र चलायमान हुने भएकाले सरकारको ध्यानयसर्तफ पनि जान जरुरी रहेको उल्लेख गर्नुभयो।
उहाँले देश बनाउने हो भने सरकारले सहि नीति स्थापति गर्नु पर्नेमा जोडदिनुभयो।नेपाल उधोग वाणिज्य संघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले बैंकको चर्को ब्याजदरकै कारण व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताउनुभयो।
उहाँले शुरुमा कर्जा लगानी गर्दा ८ प्रतिशतमा आफुहरुले लिएको तर १६ प्रतिशत सम्म ब्याज तिर्नुपर्ने अवस्थाकै कारण व्यवसायीहरु मारमा परेको बताउनुभयो।
संघका अध्यक्ष लक्ष्मण कँडेलले अर्थतन्त्रमा देखिएको समस्याको कारण नीजि क्षेत्र निरासाजनक अवस्थामा रहेको बताउनुभयो।देशभित्र नै औद्योगिक विकास गरी उचित मूल्य दिन सक्नुपर्ने, बढ्दै गएको व्यापारघाटा कम गर्नको लागि देशमा औद्योगिक विकास गर्न जरुरी रहेको उहाँको भनाइ छ।
अध्यक्ष कँडेलले पुर्वाधार विकास,व्यापार र लगानी प्रवर्दन,दिगो आर्थिक विकास कार्यक्रम,कृषि तथा पर्यटन,शिक्षा,वातावरण लगायतको क्षेत्रको विकास गर्न सके कर्णाली समृद्धि हुने बताउनुभयो।
प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार १९:१९