परिलक्षित संस्थाको अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा अनुगमन गरेको छ।फेल्म नेपालको सहयोगमा, परिलक्षित सस्थाले भेरीगंगा नगरपालिका भित्र अपागंता भएकाहरुले सञ्चालन गरेका विभिन्न व्यवसायहरुको अनुगमन गरिएको हो।
भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहोराको नेतृत्वमा भेरिगंगा नगरपालिकाका विभिन्न वडामा अनुगमन तथा मुलायांकन गरिएको हो।
भेरीगंगा-६ का नबिन बिकले परिलक्षित संस्थाबाट तिन महिने मोवाईल मर्मत तालिम प्राप्त गरी पसल संचालन गर्दै आउनुभएको छ।उहाँले तामिल पछि आफुले अहिले व्यवसाय सञ्चालन गरेर राम्रो आन्दामी समेत गर्न सफल भएको बताउनुभयो।
यस्तै भेरीगंगा-९ का खर्कबहादुर कामी, टेकबहादुर ओरले बाख्रापालन ब्यवसाय गर्न सफल भएको अनुगमनका क्रममा भेटिएको छ।भेरीगंगा-९ ठुलो जात्रीका सुस्मा परिवारले सिलाई कटाई तालिम सिक्दै गरेको र भेरिगंगा-९ कि मैसरा बिकले किराना पसल संचालन गर्न सफल हुनुभएको छ।
यसैबीच शिखरमा. मावि रामघाट सुर्खेतमा संचालित दृस्टी बिहिन बालबालिकाहरुको लागि बेड-बिस्तार सहयोग र राउण्ड टेबल जस्ता गतिबिधिको अनुगमन गरिएको छ।भेरीगंगा नगरपालिका वाड न.९, को कार्यालयमा परिलक्षितद्वारा संचालित परियोजना अन्तर्गत कार्यगत क्षमता अभिवृद्धि गर्नको लागि ओजे टि तालिम गर्दै विभिन्न प्रकारका निबेदन, सिफारिस लेखन जस्ता काम सिकिरहेको बताउनुभयो।
अनुगमनमा नगर उपप्रमुख बोहोरा सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पोख्रेल, शिक्षा शाखा प्रमुख, योजना तथा अनुगमन शाखा, पशुपन्छी विकास शाखा, महिला-बालबालिका, अपाङ्गता तथा जेष्ठ नागरिकशाखा प्रमुख, तथा अन्य सामाजिक सस्था र पत्रकारहरु सहभागी हुनुभएको थियो।
अनुगमन पछि भेरिगंगा नगरपालिका परियोजना सल्लाहकार समितिका सयोजक तथा भेरिगंगा नगरपालिकाको उप-प्रमुख धनसराबोहोराको अध्यक्षमा समितिको बैठक बसी अनुगमनको समिक्षा गरिएको छ।
उहाँले आगामीदिनमा अपाङ्गता हक हितमा प्रभावकारी काम गर्न स्थानिय पालिका र संस्थाको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार १८:१३