भुकम्पबाट प्रभावित क्षेत्रका महिलाहरुको सहयोगार्थ सुर्खेतमा सांगीतिक साँझ हुने भएको छ।श्री ज्योती फाउन्डेसनले भोली वीरेन्द्रनगरमा साँझ हुने सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।
कलाकार शिशिर योगी, राज सिग्देल, तिलक सिंह पेला लगायतका अन्य कलाकारले प्रस्तुति गर्ने आयोजकले जनाएको छ।सांगीतिक साझमा दर्शकका लागि एक हजार र दुई हजारको टिकट वितरण गरिएको छ।
भूकम्प प्रभावित महिला र बालबालिकाको पुनर्स्थापना र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको फाउण्डेशनका अध्यक्ष ज्योती कटुवालले बताउनुभयो।कार्यक्रमार्फत कम्तीमा लक्ष्य १५ लाख सहयोग रकम जुट्ने अनुमान गरिएको छ। यसमध्ये आन्तरिक खर्च कम्तीमा ५ लाख अनुमान गरिएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो।
उहाँले श्रीज्योती फाउन्डेशनले आफ्नो तर्फबाट गर्ने सहयोग बारे कार्यक्रम पश्चात जानकारी गराइने बताउनुभयो।
फाउन्डेशनले महिला तथा बालिकालाई सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा सशक्तबनाई जोखिममा परेकाहरुको मौलिकहक, अधिकार संरक्षण, उपयोग तथा सम्र्वद्धन गर्न, महिला तथा बालबालिकाहरुमाथि हुने विभिन्नप्रकारका हिंसा, छाउपडी प्रथा, बालबिवाह, यौन दुव्र्यवहार, मानव बेचबिखन रोकेर बालबालिकाहरुलाई उनीहरुको जीवन रुपान्तरण गर्ने उद्देश्य लिएको जनाएको छ।
प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार १७:००