सुरक्षित कर्णाली अभियान अन्तर्गत सञ्चालन गरिएका प्रदेश प्रहरीका विभिन्न आठ वटा अभियानले कर्णाली प्रदेशको झन्डै सात लाख जनसङ्ख्या लाभान्वित भएका छन्। अपराध न्यूनीकरण गरी शान्त र सुरक्षित प्रदेश बनाउनका लागि कर्णाली प्रदेश प्रहरीले सुरक्षित प्रदेश अभियान सञ्चालन गरेको छ।
गत वर्षको माघ १३ गतेदेखि हालसम्म प्रदेश प्रहरीले विभिन्न आठ वटा अभियान सञ्चालन गरेको छ।जसबाट कर्णालीमा छ लाख एक हजार ३० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुरुमा प्रहरीले गत वर्षको माघ १३ गतेदेखि अन्तव्रिर्यात्मक गस्ती परिचालन अभियान थालेको थियो।त्यसै गरी गत वैशाख १ गते प्रहरीमा निःशुल्क निवेदन लेखन सहजीकरण अभियान थालिएको थियो।
हालसम्म एक हजार ५६५ जनाको प्रहरीमा निःशुल्क निवेदन लेखी सहयोग गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताउनुभयो।
यस्तै वैशाख ३१ गतेदेखि नागरिक सहजकर्ता परिचालन अभियान सञ्चालन गरी हालसम्म दुई लाख १२ हजार ४७६ जना लाभान्वित भएका छन् भने असार ३१ गतेदेखि घर घरमा स्टिकर टाँस अभियान थालिएको थियो। य
यो अभियानबाट हालसम्म दुई लाख २७ हजार ४२४ घरधुरीमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरिएको छ। यसै गरी गत असोज २४ गतेदेखि पीडित सहायता अभियान सञ्चालन गरी ४६१ जनालाई सहायता प्रदान गरिएको छ भने असोज २५ गतेदेखि लागुऔषध दुव्र्यसनविरुद्ध लाल्टिन अभियान थालिएको छ।
लाल्टिन अभियानमा वडा वडामा लाल्टिन समूह गठन गरिने छ।
अहिलेसम्म सुर्खेत जिल्लामा नौ वटा समिति गठन गरिएको छ भने अन्य गठन गर्ने क्रम जारी छ।
गत हप्तादेखि गुनासो सुन्नका लागि क्युआर कोड प्रयोग अभियान थालिएको छ । जसमा प्रहरीमा अब मोबाइलको क्युआर कोड प्रयोग गरेर पनि गुनासो टिपाउन सकिने अभियान थालिएको छ।
प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार १७:१०