कर्णाली प्रदेश सरकारले तिहार लगत्तै भुकम्पका कारण घरबारबिहन भएकाहरुलाई पुनस्थापनाका साथै पुनःनिर्माणको काम अगाडी बढाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले भुकम्पका कारण ध्वस्त भएका संरचनाहरुको पुननिर्माणको काम शुरु गर्ने निर्णय गरेको हो।
भुकम्पबाट ध्वस्त बनेको जाजरकोट र रुकुम पश्चिममा पुननिर्माणको कामलाई अगाडी बढाउनको लागि सबै नीकायसँग सहयोग अपिल समेत सरकारले गरेको छ।
सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक श्रोत साधन र जनशक्ती सहयोगको लागि संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।
त्यसका लागि आवश्यक पर्ने कार्यविधि निर्माण गर्न सैद्धान्तिक सहमती प्रदान गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
यस्तै, अपुग राहत सामग्री खरिद तथा वितरण गरिने भन्दै मृतक परिवारलाई दिने २ लाख रकम र घाइतेहरुको उपचारको लागि दिने रकम तत्काल उपलब्ध गराइने उहाले बताउनुभयो ।
सरकारले अस्थायी आवास निर्माण कार्यलाई पनि तिव्रता दिने बताएको छ।
त्यसको आवश्यक बजेट तत्काल व्यवस्था गरि भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्वमा काम अगाडी बढाइने मन्त्री जिसीले बताउनुभयो ।
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको भुकम्पका कारण जनधनको क्षती भएको छ भने अहिले हजारौ परिवार घरबारबिहिन भएका छन् ।
प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार १७:४३